काठमाडौं– पर्सा प्रहरीले १ सय ६० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ।
मकवानपुरबाट वीरगञ्ज जाँदै गरेको ना४ख २९८५ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका–३१, बलेवामा सवारी जाँच गर्दा साे परिमाणकाे चरेससहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ट्रक चालक हेटौडाका २९ वर्षीय सागर वन छन्। ट्रकको बडी र क्याविनको बीचको भागमा फल्स बटम बनाई चरेस तस्करी भएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।