• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पोखरेलीको साइकल सान

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०७५  ११:०७
1140x725

पोखरा- दुईपांग्रे सवारी साधन। इन्धन नखाने। चलाउन र चढ्न सजिलो। दुर्घटनाको कम डर। बिग्रिए चाँडै र सस्तो मूल्यमा बनाउन सकिने। 

यिनै विशेषता हुन्, साइकलका। 

महँगा इन्धन खपत गर्ने सवारीसाधनको बिक्री बढिरहेको पोखरामा साइकलको माग पनि कहाँ कम छ र? बरु ग्राहकले महँगा साइकल किन्न थालेका छन्, नभए मगाउन थालेका छन्।

पोखरामा पनि केही वर्षअघिसम्म साइकल चढ्नै लाज मान्ने अवस्था थियो। तर अहिले फुर्सदको समय अनावश्यक काममा भुल्नेहरु पनि साइकल चलाएर हिँडिरहेको पाइन्छ। पोखरेलीले साइकललाई बिस्तारै सान र सौखका रुपमा प्रयोग गर्दै आएको बताउँछन्, चालिसे साइकलका सञ्चालक अशोक चालिसे। उनी पोखरा साइक्लिङका उपाध्यक्षसमेत हुन्। 

‘ती मान्छेहरु पनि अहिले साइकल चढेर वनपाखा घुम्ने भएका छन्,’ चालिसेले भने, ‘पहिले साइकल बाध्यता थियो। अहिले त लक्जरियसका रुपमा हेरिन थालेको छ।’ उनका अनुसार पोखराबाटै स्याङजा, बाग्लुङ, पर्वत र तनहुँ लगायत जिल्लामा बिक्री हुने गरेको छ। पोखरामा वार्षिक १५ हजार साइकल बिक्री हुने गरेको उनको अनुमान छ। जहाँ ६ लाख रुपैयाँसम्मका साइकल बिक्री हुने गरेका छन्।

जन्मदिनमा उपहार 
पोखरामा केटाकेटी हिँड्न र कुद्ने भइसकेपछि उनीहरु प्रायले साइकल माग गर्ने गरेका छन्। बच्चाको जिद्दी अगाडि हार मान्नुको सिवाय छैन। पछिल्लो केही वर्षयता बच्चाहरुलाई जन्मदिनमा साइकल उपहार दिने चलन पनि सुरु भएको साइकल व्यवसायी बताउँछन्। ‘ठूलाभन्दा सानाको साइकल बढी बिक्री हुने गरेको छ। आफ्ना बच्चाको जन्मदिनको छेको पारेर धेरैले साइकल किन्ने गरेका छन्,’ व्यवसायीहरु भन्छन्। 

आफ्नो १० वर्षीय छोरालाई साइकल किनेर फर्किंदै गरेको एकजोडी न्युरोडमा भेटियो। छोराको खुसीकै लागि आफूहरुले 'सरप्राइज' स्वरुप उपहार दिन लागेको उनीहरुले सुनाए। ‘बाबुको साथीहरु सबै साइकल चढ्दा रहेछन्। उसलाई पनि रहर लागेछ। जन्मदिनमा दिन उत्तम लाग्यो,’ आमाले भनिन्। 

बालबच्चालाई मात्रै ५०/६० हजारसम्मका साइकल अभिभावकले किनिदिने गरेको अशोक चालिसे बताउँछन्। उनका पोखरामा मात्रै साइकल बेच्ने उच्चस्तरीय किसिमका १७ वटा पसल छन्। ती पसलहरुबाट एउटै साइकल ५/६ लाखसम्मको बिक्री गर्ने गरेको।

nimb
nimb
Ncell 2
Ncell 2

साथीभाइ सँगसँगै
हरेक आआफ्ना क्षेत्रमा जागिरे छन्। तर सबैको मोटरसाइकल छैन। कमाइले बाइक किन्न सक्ने ल्याकत राख्दैन तर हावाको कावा खाँदै घुम्न सबैलाई रहर छ। यही रहर साइकलले पूरा गरिरहेको साइकलल्यान्डका सञ्चालक तथा साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्य बताउँछन्। 

‘अहिले नयाँ परिपाटी बसेको छ। साइकल लिएर गाउँगाउँ पुग्ने र त्यतै रमाइलो गर्ने चलन सुरु भएको छ,’ बज्रचार्यले भने, ‘एक्सरसाइज पनि हुने, साथीभाइ मिलेर सँगै घुम्न जान पनि मिल्ने भएर सबैले साइकल नै रुचाइरहेका छन्।’ उनका अनुसार पोखरा अहिले साइकल सिटीका रुपमा बिस्तारै चिनिँदै गएको छ।

पोखरा विभिन्न कारणले चर्चामा छ। तालतलैया र अन्य साहसिक खेलमा अगाडि नै छ। तर पछिल्लो समय स्वदेशी तथा बाह्य पर्यटकले साइकलबाट पोखरा घुम्न रुचाइरहेको चालिसे बताउँछन्।

‘पोखरा आएर ट्याक्सीमा घुम्नुभन्दा बरु साथीभाइ जम्मा भएर साइकलबाट घुम्न मन पराउँछन्,’ चालिसेले भने, ‘लेकसाइड मात्र नभएर अन्य ठाउँमा पनि साइकल भाडाका लागि राखेको प्रशस्त देख्न सक्छौं।’ उनले पोखरा बाहिरबाट आउँदा नै साइक्लिङ गर्ने सपना बुनेर आएकाहरुको जमात पनि ठूलै रहेको सुनाए।

साइकलमैत्री छैन सडक
पोखरामा साइकलको क्रेज बढिरहेको भए पनि त्यस अनुरुप बाटो नभएको साइकलयात्री पार्वती रानाभाट बताउँछिन्। उनी भन्छिन्, ‘यहाँको सडक साइकलमैत्री नै छैन। ठूला बस आयो भने आफैं थुरथुर काँप्दै साइड लाग्नुपर्छ।’ साइकल चलाउन छुट्टै बाटो भए हुन्थ्यो भन्ने उनलाई लाग्छ।

साइक्लिङ संघका उपाध्यक्ष अशोक चालिसे पनि पोखराको सडक साइकलमैत्री नभएको बताउँछन्। ‘साइकल चलाउँदा बाटोमा हिँड्ने मान्छेलाइ त हटाउन सकिएला। तर ठूला बसहरुबाट कसरी बच्ने त?’ उनले भने। उनले साइकलमैत्री बाटो भए क्रेज अझै बढ्ने देखिने विश्वास राख्छन्। 

साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्य साइकल लेन बनाउन पोखरा महानगरलगायत सम्बन्धित क्षेत्रमा खबर पुर्याइसकेको बताउँछन्। ‘वरिपरिको डाँडाहरुमा पनि साइकल ट्रयाक खोलिदियो भने पर्यटकको संख्या अझै बढ्थ्यो,’ उनी भन्छन्। उनले अहिले पोखरामा साइकलिङ टुरिज्मको पनि राम्रो सम्भावना रहेको बताए।

‘बोसो पगाल तर इन्धन नबाल’
साइकल सिटी पोखराले शनिबार ‘टुर दी पोखरा’ साइकल र्याली गर्यो। ‘इन्धन बचाऔं, बोसो घटाऊँ’ मूल नारा लिएर पोखरा रंगशालाबाट सुरु भएको र्याली ३० किलोमिटर दूरी पार गरेर त्यहीँ टुंगियो।

र्यालीमा ७ सय ५० जना सहभागी भएको सिटीका अध्यक्ष बज्रचार्यले जानकारी दिए। जहाँ साना बालबालिकादेखि प्रौढहरुको पनि बाक्लो उपस्थिति थियो। इन्धन बचाउनुपर्ने र त्यसका लागि साइकल नै उत्तम उपाय भएको नारा दिने उद्देश्यले र्याली गरिएको आयोजकले जनाएको छ।  

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्