काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले कञ्चनपुर पुगेर निर्मला पन्त हत्याका दोषी नउम्कने बताएका छन्। समुदाय-प्रहरी साझेदारी अवधारणाको कार्यक्रमसँगै निर्मला पन्तको हत्याबारे चासो राख्न कञ्चनपुर पुगेका आइजिपी खनालले आइतबार आयोजित एक कार्यक्रमा सो कुरा बताएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आइतबार अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘निर्मला हत्यामा निर्दोष फस्दैन, दोषी उम्कँदैन।’ उनले १३ वर्षीया बालिका पन्तको हत्यारा जोसुकै भएपनि कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए।
अनुसन्धानमा सहयोग गर्न समेत आइजिपी खनालले स्थानीयसँग आग्रह गरेका थिए।
महिला हिंसा हत्या तथा बलात्कारजस्ता आपराधिक घटनामा अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको र बालिका पन्तको हत्याका सम्बन्धमा पनि उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।