काठमाडौं– काठमाडौंको पेप्सीकोलाबाट नक्कली गहनालाई सक्कली भनी ठगी गर्ने गिरोहका १ जना परेका छन्।
काठमाडौंको कोटेश्वर, जडिबुटी र पेप्सीकोला एरियामा नक्कली सुनलाई सक्कली भनी ठगी गर्दै आएका ललितपुरका २६ वर्षीय राजु परियार गत बिहीबार साँझ साँढे ६ बजेतिर काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन्।
ठगिएका रमेश मगर र रवि तामाङले उजुरी दिएपछि परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले जानकारी दिए।
उनको साथबाट प्रहरीले सुनजस्तो देखिने धातुको १० थान सिक्री, धातुको ३२ थान बेरुवा औंठी, धातुको सादा ब्रासलेट १ थान बरामद गरेको छ। त्यसैगरी नक्कली रिङ एक जोर, कानमा लगाउने नक्कली टप १ जोर, मोवाइल ४ थान, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्र ११ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका परियारले नक्कली सुनलाई सक्कली भनी ३ लाख ९० हजार ठगी गरेको प्रहरीमा उजुरी परेको छ। सोही उजुरीको आधारमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको पनि एसएसपी लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।