काठमाडौं– महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।
वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो।
वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका–२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेको अवस्थामा वृत्त र गोंगबु प्रभागको टोलीले खत्रीलाई पक्राउ गरेको जानकारी दिए।
खत्रीले कुलोमा पानी हाल्ने क्रममा विवाद भएपछि कोदालोले हिर्काएर घर्तीको हत्या गरेर फरार रहेको अनुसन्धानमा खुलेको प्रसाईंले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।