भक्तपुर- सशस्त्र प्रहरी बलको विशेष टोलीले आज भक्तपुरको सल्लाघारीबाट इटालियन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भीमप्रकाश दाहाल छन्।
प्रकाउ परेका चारै जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।