• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न– दुखिइरहन्छ घाउ, न्याय कहिले?

\'बन्दुकको नाल छातीमा टाँसेर पालैपालो बलात्कार गरे\'
64x64
नेपाल लाइभ शनिबार, पुस १४, २०७५  १२:५९
1140x725

– कालिका खड्का (रासस)  
काठमाडौं-
‘मेरो दुवै आँखामा पट्टी बाँधिएको थियो। बन्दुकको नालले हान्दै लतार्दै-लतार्दै जङ्गलतिर लगे। होस आउँदा शरीरमा कुनै कपडा थिएन। शरीरभरि दाँतले टोकेका घाउ थिए। योनीबाट रगत बगिरहेको थियो,’ १० वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा १२ वर्षकै कलिलो उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिइन्। 

'सुनसान जङ्गल, रगतले डुबेको निर्वस्त्र शरीर, छाती, कम्मर, तल्लो पेट दुखिरहेको थियो, म न उठ्न सक्थेँ, न बस्न,' उनले भक्कानिँदै सुनाइन्, 'कसैको सहयोग माग्न चिच्याऔं भनेर प्रयास गरेँ तर, मुखबाट आवाज निस्केन।' 

बाटोमा हिँडिरहेका बेला नेपाली सेनाका दुई जवान आएर च्याप्प पाखुरा समातेको उनलाई याद छ। स्वेटरको गोजीबाट रुमाल निकालेर आँसु पुछ्दै उनले भनिन्, 'बन्दुकको नाल छातीमा टाँसेर ‘कसैलाई भनिस् भने मारिदिन्छु’ भन्दै दुवैले पालैपालो बलात्कार गरे।' 

बाँच्न त उनी बाँचेकी छिन् तर, बाबुआमाको ममतामा खेल्ने र पढ्ने उमेरमै उनको सपना चकनाचुर भयो। आफ्ना पीडा सुनाउँदा उनी धेरै पटक बोल्नै नसकेर भक्कानिइन्। निकै बेरको मौनतापछि सम्हालिँदै उनले आक्रोशपूर्ण स्वरमा भनिन्, 'म अबोध बालिकाको के दोष थियो? मैले के गल्ती गरेको थिएँ र मैले कलिलो उमेरमै अकल्पनीय यातना भोग्नुपर्‍यो? कहाँ छ सरकार! अहिलेसम्म उसले बलात्कार पीडितको पीडा महसुस गरेन।' 

उनको बालककालमै पाठेघर खसिसकेको छ। तर अहिलेसम्म घटनाका बारेमा कसैलाई भनेकी छैनन्। उनलाई घरपरिवार र समाजको डर छ। 

'समाजले बालिकामाथि यत्रो बज्रपात भयो भनेर माया, दयाको दृष्टिले हेर्दैन, सोच्दैन, उल्टै घृणा गरेर घरबाट निकाल्छ,' उनले भनिन्। यस्तै पीडा भोगेका धेरैलाई समाजले छिःछिः र दुरदुर गर्ने गरेको उनले देखेकी छन्। त्यसैले जति पीडा भए पनि उनी अहिलेसम्म आफ्नो पीडा कसैलाई सुनाउने साहस गरेकी छैनन्। उनको सरकारसँग ठूलो माग केही छैन। स्वास्थ्य उपचारका लागि खर्च दिए पुग्छ। 

व्यथा कहूँ, वक फुट्दैन
सशस्त्र द्वन्द्वको सययमा बलात्कारको पीडा भोग्ने उनी एक्ली होइनन्। यस्ता धेरै अबोध बालिकाले बलात्कारजस्तो जघन्य अपराध सहनुपर्‍यो। द्वन्द्वकालका बलात्कृत महिलाको पीडा अकल्पनीय छन्। 

अर्की किशोरीको पीडा पनि त्यतिकै दर्दनाक छ। धारामा नुहाइरहेको अवस्थामा नेपाली सेनाको गस्ती आइपुग्यो। हात समातेर जबर्जस्ती उनलाई लगे छाउनीमा। 'पेटीकोट लगाएर नुहाइरहेकी थिएँ, आर्मी आएर आँखामा पट्टी बाँधेर जबर्जस्ती हात तानेर लगे,' उनले भक्कानिँदै भनिन्, 'ब्यारेकमा लगेर एउटा सानो कोठामा राखे। छ जना आर्मी थिए, पालैपालो बलात्कार गरे। एउटा पेटिकोटमा ३३ दिनसम्म मलाई त्यहीँ थुनेर राखे। हरेक दिन आएर बलात्कार गर्थे। म बोल्न, उठ्न सक्ने थिइनँ।' 

nimb
nimb
Ncell 2
Ncell 2

'बलात्कारमा परेकी भनेर घृणा गर्छन्। परिवार, समाजमा बस्न गाह्रो छ। मर्न पनि सकिँदैन।'

उनलाई खाना त्यहीँ ल्याएर जबर्जस्ती खुवाउँथे। कसैलाई भनिस् भने मारिदिन्छु भनेर उनीहरुले बन्दुकको नाल तेर्स्याउँथे। उनलाई त्यही कोठामा दिसापिसाब गर्ने भाँडो राखिदिएको थियो। तँ माओवादी होस् भनेर बन्दुकको नालले घोच्थे। ३३ दिनपछि आफूलाई जङ्गलमा लगेर छाडिदिएका र त्यसपछि घर गएको उनले सुनाइन्। कसैलाई केही भनिनन्। आफन्तकहाँ गएर बसेको बहाना बनाए। आमाबुबा र अरु कसैलाई भनिस् भने मारिदिन्छु भनेका घरिघरि सम्झन्थिन्। घटना भएको छ वर्षपछि उनको विवाह भयो। दुई छोरा जन्मिए। 

'कताकताबाट गाउँलेलाई घटनाबारे थाहा भएछ,' उनले भनिन्, 'आर्मीले बलात्कार गरेकी भनेर घृणा गर्छन्। परिवार, समाजमा बस्न गाह्रो छ। मर्न पनि सकिँदैन,' दुवै हातले आँसु पुछ्दै उनले भनिन्, 'म निर्दोष मान्छे। गल्ती के थियो र मेरो चरित्रमाथि प्रश्न उठाउन?' उनलाई समाजमा आत्मसम्मानपूर्वक बस्न मन छ। सरकारसँग उनको यही माग छ। 

१३ वर्षको उमेरमा बलात्कारको पीडा भोग्न बाध्य अर्की बालिकाको पीडा पनि सुन्नै नसकिने छ। 

'चार जनाले मलाई पालैपालो बलात्कार गरे, म बेहोस भएछु, मरे तुल्य बनाएर जङ्गलको बीचमा छाडेर गएछन्।'

सबै परिवार सुतिरहेका बेला राति घरमा ढोका ढकढक्याएको आवाज सुनियो। बाबुले ढोका खोले। 'चार जना मान्छेले ‘बुबाआमालाई बोलिस् भने मारिदिन्छु’ भनेर मलाई हात समातेर ‘क्रान्तिका लागि हिँड’ भन्दै जबर्जस्ती तानेर लगे,' उनले आफ्नो पीडा सुनाउँदै भनिन्, 'अँध्यारोमा आँखाले देख्न नसकिने, हिँड्नै नसकिने, जङ्गलको बीचमा एउटा ओडारजस्तो भेटियो। त्यही भात पकाएर खाए। मलाई पनि जबर्जस्ती खुवाए।' 

उज्यालो भयो भने सेनाको गस्ती आउँछ भनेर उनीहरुले सबै सामान झोलामा राखेको उनलाई सम्झना छ। उनीहरुसँगै लैजालान् भन्ने उनलाई लागेको थियो तर, उनले कल्पना नगरेको घटना भयो। 'चार जनाले मलाई पालैपालो बलात्कार गरे, म बेहोस भएछु, मरे तुल्य बनाएर जङ्गलको बीचमा छाडेर गएछन्,' त्यो घटना सुनाइरहँदा उनको गला अवरुद्ध भयो र विस्तारै उनले भनिन्, 'होस आउँदा म रगतमा डुबेको थिएँ। शरीरमा कुनै कपडा थिएन।' 

जङ्गलको बाटो उनलाई थाहा भएन। हिँड्ने शक्ति पनि थिएन। उनले भनिन्, 'पीडाले म रातभर बेहोस भई लडिरहेँ। उज्यालो भएर घाम लागिसकेछ। गाउँका एक व्यक्तिले परबाट मलाई देखेर अस्पताल लगेछन्।' 

घरमा उनलाई बाबुआमाले खोजिरहेका थिए। अस्पतालमा सामान्य उपचार भएपछि उनी आफै विस्तारै घर गइन्। बाबुआमालाई पनि घटना सुनाइनन्। 'शरीर पूरै दुःखेको थियो, ज्वरो आयो भनेर म केही दिन सुतेँ तर, अहिलेसम्म पनि त्यो घटना कसैलाई पनि भनेको छैन, मैले न्याय पाउने आशामा पहिलो पटक मुख खोलेकी हुँ,' उनलाई त्यो घटना सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ। उनले पीडा सहेरै एसएलसीसम्म पढिन्। घटना भएको सात वर्षपछि घरमा बिहेको कुरा आयो र बिहे भयो। उनको एउटा छोरो छ। 

'त्यो घटना भएपछि मेरो पाठेघर खसेको थियो तर, मैले त्यो कुरा कसैलाई भनेको छैन, पाठेघर भनेको थाहा नपाउँदै खस्यो, तै पनि म सहेर चुपचाप बसेँ, अहिलेसम्म बसेको छु,' उनले भनिन्। घटना थाहा पाएमा परिवार तहसनहन हुने पीर छ उनलाई। 

त्यो घटनापछि उनलाई धेरै मान्छे भएको ठाउँमा बस्न मन लाग्दैन। रुन मात्र मन लाग्छ। अरु हाँसीखुसी हिँडेको देख्दा पनि उनलाई आफ्नो जीवन देखेर धिक्कार्न मन लाग्छ। कुर्ताको सलले आँशु पुछ्दै उनले पीडा पोखिन्, 'कति आँसु बग्यो, त्यो आँसु कसले देख्यो? आँसुको मूल्य कति हो? यतिका वर्षसम्म सरकार कहाँ छ?' 

उनलाई छोरो पढाउने र स्वास्थ्य उपचार गर्ने व्यवस्था सरकारले मिलाइदिए हुन्थ्यो भन्ने आशा छ। 

घटना खुलेपछि श्रीमान्‌सँग सम्बन्ध विच्छेद
द्वन्द्वका बेलामा खासगरी नेपालको पश्चिम भेगमा बालिका बलात्कारका दर्दनाक घटनाहरु भए। अर्की एक बालिकाले पनि द्वन्द्वमा यस्तै अमानवीय पीडा सहनुपर्‍यो। कालीकोट नेपाली सेनाको गस्ती गाउँमा गयो। ती किशोरी, दुई शिक्षक र विद्यालयका अरु दुई दाइलाई अपरहण गरेर लग्यो। त्यो बेला उनी ११ वर्षकी थिइन्। 

'आर्मीले बलात्कार गरेको भन्ने कुरा श्रीमान्‌लाई कसैले भनिदिएछ, त्यसपछि उनमा अमानवीय व्यवहार मात्र हैन, छिःछिः र दुरदुर गरेर घरबाट निकाले।'

उनकै अगाडि चारजनालाई सेनाले गोली हानेर मार्‍यो। उनको शरीर डरले कामिरहेको थियो। आफ्नो पीडा सुनाउँदै उनले भनिन्, 'शिक्षक र दुई दाइलाई गोली हानेको देखेर डरले मेरो होस हराइसकेको थियो, आठ जनाले पालैपालो बलात्कार गरे। म बेहोश भएँ।' निकै बेर उनी निःशब्द भइन्। गला अवरुद्ध भयो। उनले विस्तारै आवाज निकालेर भनिन्, 'बलात्कारपछि मलाई मर्न खोजेका रै’छन्। मेरी ठूली आमाले ‘यो बच्चीलाई किन मार्छस्, मलाई मार’ भनेको सुन्दा मेरो होस खुल्यो।' 

घटनापछि उनी ठूली आमासँग घर फर्किन्। तर, उनले भोगेको त्यो अमानवीय यातना त्यतिमै सीमित भएन। उनले भनिन्, 'नेपाली सेनाको गस्ती फेरि गाउँमा आयो। मलाई परिवारकै अगाडि बलात्कार गरियो। बाबुआमालाई बोलिस् भने गोली हान्दिन्छु भनेका थिए, डरले केही बोलेनन्।' 

घटनाका चार वर्षपछि उनको बिहे भयो। एक वर्षसम्म श्रीमान्‌सँगै बसिन्। तर त्यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन। उनी निकैबेर भक्कानो छोडेर रोइन्। पीडा भन्ने र सुन्ने दुवैलाई सहनै नसक्ने थियो। निकैबेर पछि साहस बटुल्दै उनले भनिन्, 'आर्मीले बलात्कार गरेको भन्ने कुरा श्रीमान्‌लाई कसैले भनिदिएछ, त्यसपछि उनमा अमानवीय व्यवहार मात्र हैन, छिःछिः र दुरदुर गरेर घरबाट निकाले।' 

उनी त्यो बेला दुई महिनाकी गर्भवती थिइन्। श्रीमान्‌बाट छुट्टिए। उनलाई त्यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्यो। उनी जिल्लै छाडेर सुर्खेत गइन्। 

बाल्यकालमै सुनौला भविष्यका सपना चकनाचुर भयो। अहिले काम गरेर जीवन निर्वाह गर्न उनलाई कष्टकर भएको छ। 'पाठेघर खसेको छ, भारी बोक्न मिल्दैन, अरुको भाँडा माझेर छोरो पालेँ, पढाउन सकिनँ,' उनले भनिन्। उनले छोरोको जन्म दर्ता गर्न सकेकी छैनन्। 

सकस भोग्दै ३०८ महिला
द्वन्द्वपीडित साझा चौतारीले गत मङ्सिर र पुसमा सिराहा, कैलाली र पोखरामा मानवअधिकार उल्लङ्घनका घटनामाथि आयोजित द्वन्द्वपीडितहरुको ‘सत्यको बयान’ कार्यक्रममा बलात्कृत महिलाहरुले यसरी आ–आफ्ना कथाव्यथा पोखेका हुन्। गोप्य रुपमा उनीहरुलाई आफ्नो भोगाइ अभिव्यक्त गर्ने व्यवस्था आयोजकले मिलाएको थियो। 

राहत र सहयोगका नाममा एक रुपैयाँ पाएका छैनन्। विस्तृत शान्ति सम्झौता भएको पनि १२ वर्ष बित्यो तर, उनीहरुको पीडामा मल्हम लगाउने काम भएन।

कलिलै उमेरमा द्वन्द्वमा बलात्कारको पीडा भोगेका महिलाको पीडा दर्दनाक छ। त्यो पीडा पोख्ने ठाउँ उनीहरुले पाएका थिएनन्। राहत र सहयोगका नाममा एक रुपैयाँ पाएका छैनन्। विस्तृत शान्ति सम्झौता भएको पनि १२ वर्ष बित्यो तर, उनीहरुको पीडामा मल्हम लगाउने काम भएन। 

सत्य निरुपण तथा मेलमिलाप आयोगका अनुसार यस्ता पीडामा ३०८ जना महिला परेका छन्। 

'आयोगमा दर्ता भएका द्वन्द्वमा बलात्कृत महिलाको सङ्ख्या ३०८ छन्, उनीहरुले अहिलेसम्म केही राहत पाएका छैनन्,' आयोगका सदस्य मञ्चला झाले भनिन्, 'आयोगले परिपूरणका लागि सिफारिस गर्छ। उनीहरुको परिपूरण तथा राहतको व्यवस्था सरकारले मिलाउँछ।' 

बलात्कारपीडित महिलालाई समाजमा घृणाका दृष्टिले हेर्ने गरेको अधिकांश बलात्कृत महिलाको गुनासो छ। उनीहरु सम्मानपूर्वक बाँच्न चाहन्छन्। निर्दोष बालिकामाथि बलात्कार हुनु उनीहरुको दोष होइन। यो समस्यालाई सरकारले मानवीय ढङ्गले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल बलात्कारपीडित महिलाका समस्यालाई सरकारले सम्बोधन गर्ने बताउँछन्। 'कुन प्रक्रियाबाट उनीहरुको मागको सम्बोधन हुन्छ भनेर सरकारले आन्तरिक गृहकार्य गरिरहेको छ,' उनले भने।

सरकारले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगको कार्यकाल पनि आगामी माघ २६ मा सकिँदैछ। आयोगमा उजुरी दिएका बलात्कारपीडित महिलाको स्वास्थ्य उपचार तथा जीविकोपार्जनमा राज्यबाट यथासम्भव सहयोग हुनुपर्छ भन्दा अतिशयोक्ति हुँदैन।

(प्रतीकात्मक तस्बिर)

प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्