• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसरी हुँदैछ, मिथिला नगरीको कायापलट

64x64
नेपाल लाइभ शनिबार, पुस १४, २०७५  १०:२८
1140x725

जनकपुर– अस्तव्यस्त बजार, फोहोर अनि लामखुट्टेको प्रकोप। यतिमात्र होइन, पछिल्लो समय त भ्रष्टाचार र आपराधिक गतिविधिको उद्गम बनेको थियो जनकपुर नगर। अव्यवस्थाले थिलोथिलो भएको यो मिथिला नगरीमा अब भने कायापलट हुने स्थिति देखिएको छ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक यस नगरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखेर सुरु भएका विकास परियोजनाहरूको कार्यान्वयनपछि जनकपुर सफा, सुन्दर र सुसंस्कृत बन्ने आशामा स्थानीयवासी छन्। अहिले जनकपुर सहरकै मुहार फेर्ने महत्वपूर्ण परियोजनाको काम सुरु भएको छ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको जनकपुरका पोखरीको सौन्दर्यकरण, ढल–नाला र शौचालय निर्माणका लागि सरकारले गत फागुन ३ गते करिब दुई अर्ब रुपैयाँ बराबरको योजना स्वीकृत गरेको छ।

जनकपुरधाम सहलगानी सरसफाइ तथा पोखरी सम्वर्द्धन आयोजना र जनकपुरधाम सहलगानी ड्रेनेज आयोजनाअन्तर्गत सरकारले यहाँको पोखरी सौन्दर्यकरण, शौचालयको निर्माण र ड्रेनेज निर्माण गरेर जनकपुरको सरसफाइमा सुधार ल्याउने योजना समेटिएको छ।

त्यसैगरी जनकपुरधामको मुहार फेर्नेगरी जनकपुरसहित धनुषामा एक दर्जनभन्दा बढी विकास योजना सञ्चालित भएका छन्। योजनाको ठेक्का लिएका निर्माण कम्पनीमा ३ हजारभन्दा बढी दक्ष तथा अदक्ष कामदारले रोजगारीको अवसर समेत प्राप्त गरेका छन्।

जनकपुर नगर क्षेत्रका सडक तथा ढल निर्माणमा एकीकृत सहरी विकास आयोजना सञ्चालित छन् भने सीमावर्ती जटही–जनकपुर–ढल्केवर जोड्ने ६ लेन सडक निर्माण हुँदै छ। ब्रोडगेज जनकपुर रेल्वेको स्तरोन्नति परियोजना अन्तिम चरणमा छ। यसका साथै हुलाकी सडक, परिक्रमा सडक, जनकपुर–खरिहानी सडकको निर्माण पनि तीव्र गतिमा हुँदै छ।

यी आयोजनाहरु बढीमा दुई वर्षभित्र सम्पन्न हुनेगरी काम भइरहेको जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले बताए। उनका अनुसार सञ्चालित विकास योजना समयमै सम्पन्न भएपछि जनकपुर सफा, सुन्दर तथा समुन्नत हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश २ को राजधानी बनेसँगै यहाँ विकास निर्माणको कामले अझ बढी गति लिएको छ। जनकपुर उपमहानगरनगरपालिकाका पूर्वमेयर बजरंगप्रसाद साहले जनकपुर विकासको लागि तयार भइसकेको र राजधानी घोषणा भएपछि जारी विकास आयोजना सम्पन्न भएपछि जनकपुरको कायापलट नै हुने बताए।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास परियोजनाअन्तर्गत सडक तथा नाला निर्माण झन्डै ६० प्रतिशतभन्दा बढी भइसकेको छ। यस्तै जनकपुरलाई भारतसँग जोड्ने जटही–जनकपुर–ढल्केवर ६ लेन सडक, जकपुर–भिट्ठामोड सडक, हुलाकी सडक लगायत विकास आयोजनाको काम पनि द्रुत गतिमा हुँदै छ।

ल्यान्डफिल साइटसहित कुल २ अर्बको एकीकृत सहरी विकास आयोजना अन्तर्गत हाल ९८ करोड ८१ लाख ५६ हजार ६ सय ३८ रुपैयाँ लगानीमा नगर क्षेत्रमा साढे ९ किलोमिटर सडक तथा ३० किलोमिटरभन्दा बढी ढल निर्माण हुँदै छ।

Xtrem

Xtrem

परिक्रमा सडकको पिराडीचोकदेखि जनकपुर चुरोट कारखाना खण्ड तथा भानुचोकदेखि विद्यापतिचोक तथा विश्वकर्माचोकदेखि भ्रमरपुराचोकसम्मको सडक तथा ढल निर्माण भइसकेको छ। परिक्रमा सडकको अन्य खण्डको काम पनि चाँडै सकिने आयोजनाका इन्जिनियर यादवले बताए।

परियोजना प्रमुख इन्जिनियर गंगाप्रसाद यादवका अनुसार परियोजना अन्तर्गत ५ किलोमिटर परिक्रमा सडक, ३ किलोमिटर रेल्वेस्टेसन, एयरपोर्ट सडक, रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको १ किलोमिटर तथा शिवचोकदेखि कदमचोकसम्मको ५ सय मिटर क्षेत्रमा सडक निर्माण हुँदै छ।

इन्जिनियर वीरेन्द्र यादवले रेल्वे स्टेसनदेखि भानुचोक, कदमचोकदेखि शिवचोक तथा शिवचोकदेखि भानुचोकसम्म ढल जडान भइसकेको तर सडक छेउका घरधनीले आ–आफ्ना घर खाली नगरेका कारण सडक निर्माण गर्न सुरुमा केही ढिलाइ भए पनि अहिले धमाधम काम भएर अन्तिम चरणमा पुगेको बताए।

डिजाइन अनुसार परिक्रमा तथा रेल्वे स्टेसन–एयरपोर्ट सडक १६ मिटर चौडाइको छ, जसमा १२ मिटर कालोपत्रे तथा सडकको दुवै किनारामा २–२ मिटर फुटपाथको व्यवस्था गरिएको छ।

सडकको मध्यमा ह्युमपाइपमार्फत ढल निकासको व्यवस्था छ। फुटपाथमा हरियाली (ग्रिनेज) तथा टेलिफोन र बिजुलीको पोल जडान गरिने यादवले जानकारी दिए। यसैगरी रामानन्दचोक–जानकी मन्दिर तथा शिवचोक–कदमचोक सडक १३ मिटर चौडा हुनेछ। यसमा पनि दुवैतर्फ फुटपाथको डिजाइन गरिएको छ।

जनकपुरधाम सहलगानी सरसफाइ तथा पोखरी सम्वर्द्धन आयोजना र जनकपुरधाम सहलगानी ड्रेनेज आयोजनाअन्तर्गत सरकारले यहाँको पोखरी सौन्दर्यकरण, शौचालयको निर्माण र ड्रेनेज निर्माण गरेर जनकपुरको सरसफाइमा सुधार ल्याउने योजना समेटिएको छ।

तर एकीकृत सहरी विकास आयोजनाका ठेकेदार, आयोजना कार्यालय, नगरपालिका, दूरसञ्चार, खानेपानी तथा विद्युत् कार्यालयबीच सहकार्य हुन नसकेका कारण नगर क्षेत्रका केही इलाकामा टेलिफोन, विद्युत् तथा खानेपानी सेवा प्रभावित भएको छ। सडक तथा ढल जडान गर्ने क्रममा टेलिफोन र खानेपानीका पाइप भाँचिएकाले अत्यावश्यक टेलिफोन र खानेपानी सेवा प्रभावित भएको सम्बद्ध कार्यालयका कर्मचारी बताउँछन् । बिजुलीको पोल सार्नु परेका कारण बेलाबेला विद्युत् सेवा समेत प्रभावित हुँदै आएको छ।

परियोजना अन्तर्गत नगरभरि ३० किमि लामो ढलको सञ्जाल निर्माण हुनेछ। नगरभरिको पानी निकासका लागि पाँच निकासीद्वार निर्माण गरिने परियोजना प्रमुख यादवले जानकारी दिए। पाँचमध्ये चार मुख्य ढलको पानी जनकपुरभन्दा पूर्वमा बग्ने जलाद नदीमा तथा एउटाको पश्चिममा बग्ने दूधमती नदीमा विसर्जन गरिनेछ।

परियोजना सञ्चालन विषयमा उपमहानगर र एडिबीबीच ८ पुस ०७२ मा सम्झौता भएको थियो। फोहोर व्यवस्थापनका लागि आवश्यक ल्यान्डफिल साइट विवादका कारण परियोजना ०७३ वैशाख देखि मात्र कार्यान्वयनमा आएको हो।

यसैगरी जिल्ला सदरमुकाम जनकपुरलाई ग्रामीण इलाकासँग जोड्ने हुलाकी सडक, सहिद पथ, जनकपुर–खरिहानी सडकसँगै महोत्तरीको पुरानो बाजार सम्सीसँग जोड्ने सडक निर्माण पनि तीव्र गतिमा हुँदै छ।

जनकपुरको विकास तथा पहिचानसँग जोडिएको मुलुकको एक मात्र जनकपुर–जयनगर रेल सेवाको विस्तार तथा स्तरोन्नतिको काम पनि द्रुत गतिमा अगाडि बढ्दै छ। झन्डै ८१ वर्षदेखि सञ्चालनमा रहेको रेल सेवा चार वर्षदेखि बन्द हुँदा उद्योग व्यवसाय र आमजनजीवन प्रभावित भएको थियो।

भारत सरकारको सहयोगमा जयनगर—जनकपुर—विजुलपुरा—बर्दिबास ब्रोडगेजको निर्माण सुरु भई ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। हालसम्म लिकमा माटो पुर्ने, गिटी हाल्ने काम पूरा भइसकेको छ भने पुलपुलेसाको निर्माण पनि अन्तिम चरणमा छ।

जनकपुरलाई भारतसँग जोड्ने जटही–जनकपुर–ढल्केबर ६ लेन सडक तथा जनकपुर–भिठामोर सडकको निर्माण पनि द्रुतगतिमा अगाडि बढ्दै छ।  १४ किलोमिटर लामो ढल्केबर–सपही सडक खण्ड तथा १२ किलोमिटर लामो सपही–जनकपुर खण्डसँगै जनकपुर–जटही ६ लेन सडकको निर्माण पनि धमाधम हुँदै छ।

भारतको जयनगरमा रेल्वे स्टेसन, कर्मचारी आवासको निर्माण भइसकेको छ भने खजुरी, महिनाथपुर, परवाहा तथा जनकपुरमा समेत रेल्वे स्टेसन निर्माण अन्तिम चरणमा छ। जनकपुर पश्चिम खण्डको निर्माण समेत धमाधम भइरहेको छ । कुर्थामा मुख्य स्टेसन निर्माण द्रुतगतिमा हुँदै छ।

१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेलवे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर (५२ किमि) सम्म सञ्चालनमा थियो। बिजुलपुराबाट बर्दिबाससम्म थप १७ किमि विस्तार भई प्रस्तावित जनकपुर रेलवेको ब्रोडगेज सेवा ६९ किमिमा सञ्चालन हुनेछ।

यसैगरी जनकपुरलाई भारतसँग जोड्ने जटही–जनकपुर–ढल्केबर ६ लेन सडक तथा जनकपुर–भिठामोर सडकको निर्माण पनि द्रुतगतिमा अगाडि बढ्दै छ। २६ किलोमिटर ६ लेन सडक निर्माणमा अचेल १ हजार कामदार कार्यरत छन्।

१४ किलोमिटर लामो ढल्केबर–सपही सडक खण्ड तथा १२ किलोमिटर लामो सपही–जनकपुर खण्डसँगै जनकपुर–जटही ६ लेन सडकको निर्माण पनि धमाधम हुँदै छ ।

भारतको पिपरौन नाकादेखि सीमावर्ती जटही हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्ने करिब ४० किलोमिटर लामो जटही–जनकपुर–ढल्केबर सडक (व्यापारिक मार्ग) निर्माण करिब साढे ७ अर्बको लगानीमा हुँदै छ। उक्त सडकको पहिलो चरणमा जनकपुर–जटही ६ लेन सडक निर्माण २०७२ सालदेखि सुरु भएको हो।

दोस्रो खण्ड (जनकपुर–ढल्केबर) को निर्माण सम्झौता चालू आर्थिक वर्षदेखि सुरु भएको छ। जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी एकीकृत सहरी विकास परियोजना कार्यान्वयन तथा ब्रोडग्रेज रेल निर्माणपछि जनकपुरको मुहार फेरिने कुरामा विश्वस्त छन्। उनले जनकपुर रेल्वे तथा ६ लेन सडक निर्माण भएपछि जनकपुर मुलुककै व्यापारिक केन्द्रको रुपमा रहने बताए।

पछिल्लो पटकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणपश्चात यहाँ आउने पर्यटकको चाप बढेको छ।

यसैगरी जनकपुर परिक्रमा मार्गमा पर्ने चार विश्राम स्थलमा भारत सरकारले चार धर्मशाला निर्माण गर्ने घोषणा जनकपुर भ्रमणको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गरेका थिए।

जनकपुरधामको अर्को पहिचान भनेको यहाँका मठमन्दिर तथा पवित्र सरोवर पोखरीहरू हुन्। विभिन्न अभिलेखमा उल्लेख भएअनुसार यहाँ अहिले पनि ४९ धार्मिक महत्वका सार्वजनिक पोखरी छन् भने २१ निजी पोखरी अस्तित्वमा छन्।

भारतीय सहयोगमा ऐतिहासिक गंगासागर, धनुषसागर तथा बाह्रबिघाको जीर्णोद्धार तथा सौन्दर्यीकरण सम्पन्न भएको छ।

झन्डै तीन वर्षदेखि गंगासागरमा सञ्चालित सन्ध्या गंगा महाआरती जनकपुरको नयाँ आकर्षण बनेको छ। ‘सेभ द हिस्टोरिकल जनकपुर’ का अध्यक्ष रामआशिष यादवको नेतृत्वमा ऐतिहासिक गंगासागर पोखरी सरसफाइ अभियानबाट सुरु भएको गंगा महाआरती हेर्नलाई भनेर नै जनकपुर आउने पर्यटकहरु राति बास बस्ने गरेका छन्।

त्यसैगरी पछिल्लो पटकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि भरखरै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणपश्चात यहाँ आउने पर्यटकको चाप बढेको छ।

प्रायः खाली हुने गरेका यहाँका होटेल लजहरु अचेल भरिभराउ हुन थालेका छन्।

प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्