• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन हुँदैन उमेर पुगे पनि महिनावारी?

64x64
नेपाल लाइभ शुक्रबार, पुस १३, २०७५  ११:४१
1140x725

बालिकाबाट किशोरी अवस्थामा प्रवेश गरेको एउटा प्रमुख संकेत महिनावारी हो । तर कतिपयमा समयले नेटो काटिसकेपछि पनि महिनावारी सुरु भएको हुँदैन । किशोरावस्था पूर्व, गर्भावस्थामा, सुत्केरी पश्चात् बच्चालाई राम्ररी स्तनपान गराइरहेको समय कतिपय परिवार नियोजन साधन अपनाइरहँदा तथा बुढ्यौलीका कारण महिनावारी सुक्नुचाहिँ प्राकृतिक नै हो ।

महिनावारी नियमित रुपमा हुन महिलाको वंशाणुअंश, टाउकोभित्रको हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थी एवं डिम्बाशयको काम गराई, पाठेघरको भित्री तह, पाठेघरको मुख, योनीमार्गको बनावट एवं महिनावारी हुने कार्यलाई सघाउने थाइरोइड तथा एड्रिनल ग्रन्थीको काम गराई सामान्य हुनुपर्दछ ।

यदि किशोरीवस्थामा योनिद्वारको झिल्ली रहिरहेमा, योनिद्वारमा तेर्सो गरि बाक्लो झिल्ली रहेमा वा योनिमार्गको माथिल्लो भाग वा पाठेघरको मुख साँघुरिंदा महिना–महिनामा मासिक श्राव भएपनि बाहिर देखिँदैन, जसलाई मेडिकल भाषामा क्रिप्टोमेनोरिया भनिन्छ । यस्तो समस्या भएकी किशोरीमा महिनावारी भएताका तल्लो पेट अत्याधिक दुख्ने हुन्छ । महिनावारीको रगत बग्ने बाटो फरक परेको अवस्थामा सामान्य शल्यक्रिया वा योनिमार्गको पुनर्संरचना शल्यक्रिया गर्न सकिन्छ ।

यदि १६ वर्ष पुगेपछि किशोरीको यौनाङ्ग राम्ररी विकसित नहुनु, यौनाङ्ग वरिपरि एवम् काखीमा रौं पलाएपछि पनि महिनावारी शुरु नहुनु  वा १४ वर्षको उमेरसम्म महिनावारी शुरु नहुनु राम्रो लक्षण होइन । मेडिकल भाषामा यस्तो अवस्थालाई प्राइमरी एमेनोरिया भनिन्छ ।

 हाइपोथालामसदेखि डिम्बाशयसम्मको काम गराई, महिलामा हुनुपर्ने वंशाणुअंशमा गडबडी, योनीमार्ग तथा जननेन्द्रियको माथिल्लो भागको बनावटमा जन्मजात खराबी, थाइरोइड तथा एड्रिनल ग्रन्थीको काम गराईमा खराबीलगायत जननेन्द्रियको क्षयरोग, कुपोषण, अधिक दुब्लोपना, रक्तअल्पताले गर्दा पनि महिनावारी शुरु नै नहुन सक्छ ।

 प्रभावित व्यक्तिसँगको सामान्य कुराकानीबाट तथा शारीरिक जाँचबाटै कारक तत्वको अनुमान लगाउन सकिन्छ । त्यसैले एकैपटक सबैखाले खर्चालु परीक्षण गर्नुभन्दा अनुमानित कारक तत्व केन्द्रित सीमित परीक्षण गर्नुपर्दछ । यस्तो खाले प्राइमरी एमेनोरियामा औषधोपचारबाट आशातित सफलता नमिल्न सक्छ ।

 महिनावारी भैसकेका किशोरी/महिलामा कुनै कारणवश ६ महिना वा सोभन्दा बढी समय महिनावारी नहुने अवस्थालाई ‘सेकेण्डरी एमेनोरिया’ भनिन्छ । माथि उल्लेख गरिएभैंm क्रिप्टोमेनोरिया वा प्राकृतिक कारण (गर्भावस्था/स्तनपान गराइरहँदा) पनि केही समयका लागि महिनावारी रोकिन सक्छ ।

 तर पाठेघरको भित्री तह टाँसियो, क्षयरोग भयो, लेजर वा शल्यक्रियाबाट पाठेघरको भित्री तह बढी खुर्कियो,  स–साना तर धेरै अपरिपक्व अण्डा बढ्ने समस्या भयो, समय अगावै (४० वर्ष अगावै) डिम्बाशयले काम गर्न छाड्यो, महिलाको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा चाहिने भन्दा कम भयो,  हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थीमा सुत्केरीका बेला बढ्ता रक्तश्राव भयो वा कुनै खराबी भयो, मानसिक तनाव, कुपोषण, मधुमेह अधिक मोटोपना वा दुब्लोपना भयो भने सेकेण्डरी प्रकारको महिनावारी रोकिने हुन सक्छ । यस्तै,  कतिपय मनोविनोद औषधिको सेवन, थाइरायड ग्रन्थीको कम काम गराईजस्ता कारणबाट पनि यस्तो समस्या हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

 यी कारणहरु खुट्याउनु अघि किशोरी वा महिला गर्भवती भएकी छन्, छैनन् सर्वप्रथम जाँच गर्नुपर्छ । भिडियो एक्सरे (अल्ट्रासाउण्ड), रगतमा हर्मोनको मात्रा, ल्याप्रोस्कोपी जस्ता तरिकाबाट अधिकांश कारण पत्ता लगाउन सकिन्छ । यसका अलावा कहिलेकाहीँ वंशाणुअंश (क्रोमोजोम), टाउकाको एक्सरे, ग्रन्थिरससम्बन्धी रगत जाँच, टाउकोको सीटी स्क्यानको जरुरत पर्न सक्छ ।

 यस्ता खाले विरामीसँग महिनावारी नहुने समस्याको शुरुवात बिस्तारै भयो कि एक्कासी, मानसिक तनाव हुने खालको कुनै घटना थियो कि थिएन, शारीरिक तौलमा एक्कासी कुनै परिवर्तन आएको छ कि छैन, अनुहारमा डण्डीफोर आउने तथा रौं बढी पलाउने भएको छ कि छैन, स्वरमा परिवर्तन, स्तनबाट असामान्य श्राव, टाउको दुख्ने, आँखा धमिलो हुने, सुत्केरी व्यथाका बेला रगत बगेनबगेको जस्ता कुराहरु सोधपुछ गर्नुपर्छ ।

 यस्ता खाले विरामीको उपचार चरणबद्ध रुपमा गर्नुपर्दछ । सामान्य जाँच पड्ताल पछि कुनै गम्भिर समस्या नभएको ठहर भएमा शुरुमा इस्ट्रोजेन त्यसपछि इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन शुरु गरि महिनावारी खुल्छ, खुल्दैन हेर्नुपर्दछ । यति गरेर पनि महिनावारी खुलेन भने समस्या गम्भिर खालको हुन सक्छ ।

 उपचारका क्रममा सामान्य समस्याका लागि मानसिक तनाव हटाउने परामर्श, इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन दुवै भएको पिल्स चक्की वा इस्ट्रोजेन मात्र भएको औषधि दिनुपर्दछ । दम्पत्तिमा बच्चा पाउने चिन्ता भने पुरुषको वीर्य जाँच सामान्य छ र महिलाको डिम्बवाहिनी नली खुल्ला छ भन्ने निक्र्यौल भएपछि सोही अनुसार उचित व्यवस्थापन गर्नुपर्दछ ।

Xtrem

Xtrem

 सेकेण्डरी एमेनोरिया हुनुको कुनै ठेट कारण छ भने सोहीअनुसार उपचार गर्नुपर्दछ । स–साना तर धेरै परिपक्व डिम्ब बढ्ने, रगतमा प्रोल्याक्टिनको मात्रा बढी हुने, समय अगावै डिम्बाशयले काम गर्न छाड्ने आदिका लागि कारणअनुसार नै उपचार गर्नुपर्दछ । डिम्बाशयको ट्युमर, पाठेघरको भित्री तह टाँसिने, स–साना अपरिपक्व डिम्ब बढ्ने, पिट्युटरी ग्रन्थिको ठूलो ट्युमरमा शल्यक्रियाले राम्रो हुन सक्छ । सेकेण्डरी प्रकारको एमेनोरियामा सीमित जाँच पड्ताल र कारणअनुसारको उपचारपछि अपेक्षाकृत राम्रो नतिजा पाइन्छ । करीब ६० प्रतिशतमा बिना उपचार पनि जाँच पड्ताल कै क्रममा महिनावारी शुरु भइसक्छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्