• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन हुँदैन सन्तान? जान्नुहाेस् कारण र उपचार

64x64
नेपाल लाइभ शुक्रबार, पुस १३, २०७५  ११:२१
1140x725

काठमाडौं– ३० वर्षीया नवीना श्रेष्ठ (नाम परिवर्तन) एक राम्रो कम्पनीमा जागिरे छिन्। उच्च घरानाकी उनको बिहे भएको पाँच वर्ष पुग्यो तर बच्चा हुन सकेको छैन।

उनले दिनरात आफ्नो श्रीमानहेक घरका सबै सदस्यको हेपाइ सहँदै आएकी छिन्।

आफ्नै देउरानीका दुई वटा बच्चा जन्मिसक्दा आफ्नो एउटै सन्तान नहुुनुको पीडा त छँदैछ त्यसमाथि परिवारको व्यवहारले उनको मन भतभती पोल्छ।  

सासू त उनको मुख हेर्न पनि रुचाउँदिनन्। नवीना सुनाउँछिन्, ‘पेट बोकेका अरू महिलालाई हेरिस् भने पनि तैंले बाँझी नै बनाइदिन्छेस् होला भनेर अनेक टोकसो दिनदिनै सुन्नुपर्छ मैले।’ 

उनकी सासूले बेलाबेला छोरालाई अर्को विवाह गर्न दबाबसमेत दिँदै आएकी छिन्। 

०००

३५ वर्षीय सुयश शर्मा (नाम परिवर्तन) पेसाले डाक्टर हुन्। उनकी श्रीमती पनि मेडिकल क्षेत्रमै कार्यरत छिन्। ती दम्पतीलाई बिहेको दुई वर्षपछि बच्चा जन्माउने रहर पलायो।

तर बच्चा हुन सकेन। जसले गर्दा सुयश एकदम गहिरो चिन्तामा परे। झन्डै डिपे्रसनमा पुगेका उनीले इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी प्रविधि अपनाउने विचार गरे।

Ncell 2
Ncell 2
nimb
nimb

दुर्भाग्यवश त्यो प्रयास असफल हुन पुग्यो तर केही समयपछाडि श्रीमती गर्भवती हुन पुगिन्। पेटमा बच्चा बसेको रहेछ। 

अहिले उनीहरूको छोरा छ। दुवै जना निकै खुसी छन्। 

०००

एक व्यापारी दम्पत्तीको समस्या अलि फरक छ। सुरुमा उनीहरूले बच्चा जन्माउन चाहेनन्। त्यसकारण धेरैचोटी गर्भपतन गरे।

Xtrem

Xtrem

पटक–पटकको गर्भपतनका कारण महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। पछि बच्चा जन्माउन चाहे। तर, भएन। उपचारका लागि धेरै ठाउँ धाउँदा पनि समस्या सुल्झिएन। पछि संक्रमण बढ्दै जाँदा पाठेघर नै काटेर फाल्नुपर्ने अवस्था आयो।

केही सिप नलागेपछि अन्ततः उनीहरूले बच्चा अपनाउने (धर्म सन्तान लिने) निर्णय गरे। बच्चा ६ महिना पुगेपछि राम्रै होटलमा भव्य पार्टी दिए।

अहिले ती दम्पती निकै खुसी छन्।

०००

थापाथलीस्थित प्रसूति गृहमा भेटिइन्, २८ वर्षीया सरु लामा।

बिहे भएको ६ वर्ष बितिसक्दा पनि बच्चा नभएपछि उनी प्रसूति गृहको निःसन्तान केन्द्रमा उपचारका लागि आएकी रहिछन्। एक महिनादेखि धाउँदै गरेकी उनलाई चिकित्सकले श्रीमान्मा कमजोरी रहेको बताएका छन्।

अहिले उनी उपचारका लागि इन्ट्रा युटेरियन इन्सिमिनेसन (आइयुआई) प्रविधि प्रयोग गर्दैछिन्।

महिलाको पाठेघर सबै ठिक छ, तर पुरुषको शुक्रकिटमा समस्या छ भने त्यस्तो समस्यामा आइयुआई विधि अपनाइन्छ। यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकिट राख्ने विधि हो।

तर यो विधिको सफलता दर भने कम छ। यो विधिबाट पनि बच्चा नभएकालाई मात्र आइभिएफ विधिमा लगिन्छ। आइयुआई उपचार उनी दोस्रोपटक गर्दैछिन्।

पहिलो प्रयास असफल भएपछि निराश नभएकी होइनन् तर हिम्मत भने हारेकी छैनन्।

भन्छिन्, ‘हेरौं के हुन्छ ?’ 

०००

बालबच्चासहितको सुन्दर र सुखी परिवार। विवाहित महिला वा पुरुषको इच्छा यही हुने गर्छ। विवाहित जोकोहीलाई पनि सन्तानको चाहना कसलाई हुँदैन र ?

तर इच्छाएका सबै कुरा पूरा हुँदैनन्। सन्तान नहुँदाको पीडा निःसन्तान दम्पतीबाहेक अरू कसले महसुस गर्न सक्ला र ? सामाजिक मूल्य मान्यता र कूलसँग जोडिएको सन्तान प्राप्तिको इच्छा जोकोहीलाई पनि हुन्छ। 

तर सन्तान नहुँदा विशेषतगरी पुरुषलाई भन्दा पनि महिलालाई बढी दोषी देख्ने गरेको छ, हाम्रो समाजले। बाँझी भनेर हेप्ने होच्याउने चलन छ। बच्चा भएन भनेर श्रीमान्ले दोस्रो विवाह गर्ने, श्रीमतीलाई घरनिकाला गर्ने र कतिपय अवस्थामा आत्महत्या गरेका समेत अवस्था देखिन्छ। 

सामाजिक मात्र होइन मानसिक समस्या पनि बन्दै गइरहेको छ बाँझोपन। नेपाली समाजमा विभिन्न कारणले गर्दा बाँझोपनको समस्या फैलिइरहको छ। चिकित्सकहरूका अनुसार नेपालमा करिब १५ प्रतिशत विवाहित दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपरिरहेको छ।

यी समस्या भएकामध्ये आधाभन्दा बढी सामान्य परामर्श तथा चेतनाबाट समाधान गर्न सकिन्छ। बाँकी समस्या औषधि र उपचारबाट समाधान गर्न सकिन्छ भने थोरैलाई मात्र टेस्टट्युब बेबी तथा कृत्रिम गर्भाधान गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

सामान्यतया महिला र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको लिंगबाट निस्किएको वीर्य महिलाको योनीद्वार हुँदै डिम्बबाहिनी नलीमा पुग्दछ। यसरी पुरुषको वीर्यबाट शुक्रकीट महिलाको डिम्बबाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन्छ।

डिम्ब र शुक्रकीटको मिलनबाट भ्रुण तयार हुन्छ र पाठेघरमा पुगेर विकसित हुन्छ। महिना दिनपछि यस भ्रुणले शिशुको रूप धारण गर्छ। तर, कहिलेकाहीँ दम्पतीले चाहँदा–चाहँदै पनि गर्भ नरहने हुन्छ। 

के हो बाँझोपन?
कुनै पनि दम्पतीले विवाह गरेको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सम्पर्क गर्दा गर्भ बसेन भने त्यसलाई बाँझोपन भनिन्छ।

प्रसूति गृह निःसन्तान उपचार केन्द्रकी प्रमुख एवं वरिष्ठ महिला तथा स्त्रीरोग विशेषज्ञ डा उषा श्रेष्ठ खाँडका अनुसार बाँझोपनको समस्याका विभिन्न कारण हुन सक्छन्।

‘धेरैजसोलाई गर्भ कतिबेला बस्छ भनेर उपयुक्त समयको ज्ञान नभएको हुँदैन,’ उनी भन्छिन्, ‘कतिपयलाई परामर्श दिएर पनि निको पारेका छौं।’

काठमाडौं मोडेल हस्पिटलका डा गणेश दंगालका अनुसार बाँझोपनका प्रकार महिला र पुरुषमा फरकफरक हुन्छन्। महिलामा मानसिक तनावका कारण आन्तरिक हार्मोनमा गडबडी आउनुका साथै अण्डबाहिनी नली बन्द हुने अवस्था आउन सक्छ भने डिम्बाशयमा पनि गडबडी देखा पर्न सक्छ।

त्यसैगरी पाठेघरको झिल्ली पातलिनु तथा मासु बढ्नु, गर्भाशयको मुख ज्यादै सानो हुनाले पनि बाँझोपनको समस्या महिलामा हुन्छ। त्यसैगरी पुरुषमा चाहिँ अत्यधिक मात्रामा धूमपान तथा मद्यपान सेवन, स्वस्थ तथा गुणस्तरीय शुक्रकीट नहुनु, शुक्राणुको संख्या कम हुनु आदि समस्या पाइने गरेको छ।

दुवैको उत्तिकै दोष
हाम्रो समाजमा विशेषतः बच्चा नजन्मिएको सवालमा महिलालाई दोष दिने चलन छ। तर यसमा दुवै जनाको उत्तिकै कमजोरी रहेको बताउँछिन् डा उषा श्रेष्ठ खाँड।

‘पितृसत्तात्मक समाज भएर पनि होला दोष जति सबै महिलालाई नै जाने गरेको छ,’ उनले भनिन्, ‘अझ कतिपय त श्रीमतीको दोष देखाउँदै दोस्रो विवाह पनि गर्न पुग्छन्।’ 

डा भोला रिजाल पनि सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार रहेको बताउँछन्। उनका अनुसार सन्तान नहुनुमा पुरुषको ३३, महिलाको ३३ र दुवैको साझा ३३ प्रतिशत दोष रहेको हुन्छ। कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्ने अवस्था पनि आउने उनी बताउँछन्।

सन्तान नहुने कारणहरू
ओम अस्पतालकी निःसन्तान विशेषज्ञ डा सविना श्रेष्ठ प्रधानका अनुसार पुरुष र महिलामा सन्तान नहुने कारण फरकफरक हुन्छन्।

‘पुरुषमा सन्तान नहुने कारणमा वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी, शुक्रकीट उत्पादन नहुनु, वीर्यमा संक्रमण, शुक्राणुको बनावटमा खराबी, हर्मोनमा गडबडी, पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु, शुक्रनली वा अन्य भागमा अवरोध लगायत पर्छन्,’ उनले जानकारी दिइन्।

उनी भन्छिन् ‘यस्तै, महिलामा भने अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै सानासाना डिम्ब बने पनि नबढ्ने, पाठेघरको नली पूरा बन्द हुने, पिप या पानी जम्ने या अण्डा पक्रिने काम नगर्ने, पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुने, हार्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्ने, गर्भाशयको मुख ज्यादै सानो हुने, धेरैभन्दा धेरै गर्भपतन गर्ने कारणले पनि गर्भ बस्दैन।’

असुरक्षित गर्भपतनको खतरा
पछिल्लो समयमा बढ्दै गएको असुरक्षित गर्भपतनका कारण पनि महिलाहरूलाई निःसन्तान बनाइरहेको छ।

विवाहपूर्व नै यौनसम्पर्क राख्ने युवतीहरूले लुकिछिपी असुरक्षित रूपमा गर्भपतन गराउँदा पाठेघरको नली बन्द हुने, पाठेघरमा घाउ भएर असर गर्ने जस्ता समस्याले निःसन्तानको खतरा बढाइरहेको डा श्रेष्ठ बताउँछन्।

यसका साथै बजारमा जथाभावी पाइने औषधिको सेवनका कारण झन् अहिले युवतीहरूमा बाँझोपनको समस्या निम्तिइरहेको छ। 

वैदेशिक रोजगार र यौनरोग पनि कारण
चिकित्सकहरूका अनुसार युवा उमेरमै रोजगारीका लागि विदेशिएका युवाहरूले विदेशबाट यौनरोगहरू भित्र्याइरहेका छन्। यस्ता युवाहरूमा पनि यौनरोगको संक्रमणका कारण सन्तान नहुने समस्या आइरहेको छ।

डा श्रेष्ठका अनुसार विदेशमा असुरक्षित यौन सम्पर्क गरेका कारण धेरै युवाले स्वदेशमा आएर विवाह गर्दा सन्तान पाउने अवसर गुमाइरहेका छन्। यसका साथै रसायनयुक्त कम्पनी, उच्च तापक्रममा काम गर्ने मानिसमा शुक्रकीट मर्ने र कम हुने समस्या आउँछ। यसका कारण पनि बच्चा नहुने समस्या थपिइरहेको छ। 

गर्नुपर्ने जाँच
महिलामा गर्नुपर्ने जाँच
– पाठेघरको झिल्लीमा क्षयरोग भएको हो या होइन
– महिनावारी भएको दास्रो वा तेस्रो दिनमा हार्मोनको जाँच
– रगतको सामान्य जाँच
– भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच
– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच
– सहवासपश्चात् शुक्रकीटको जाँच

पुरुषमा गर्नुपर्ने जाँच
– रगतको सामान्य जाँच
– वीर्यको विशेष जाँच
– आवश्यकता अनुसार टेस्टिकुलर बायोप्सी गर्ने 
– हार्मोनको जाँच

बाँझोपन हुन नदिन ध्यान पुर्‍याउनुपर्ने कुराहरू :

जंक फुडको प्रयोग धेरै नगर्ने।
सही समयमा विवाह गर्ने। नेपालको सन्दर्भमा २५ देखि ३० वर्षको उमेर समूहलाई उपयुक्त मानिन्छ।
प्रदूषणबाट बच्ने,
स्वस्थ जीवनशैली जिउने,
तनावयुक्त जीवन नबाँच्ने,
मोटोपनबाट बच्ने,
यौनरोग लाग्न नदिने,
मद्यपान तथा धूमपानबाट टाढा रहने।

उपचार 
आइयुआई (अल्ट्रा युटेरिन इन्सिमिनेसन) : यो विधि पुरुषमा स्वस्थ शुक्रणुको कमीको कारण प्रयोग हुने विधि हो, जसमा स्वस्थ शुक्राणुको पहिचान गरी स्त्रीको पाठेघरमा ‘क्याथेटर’को माध्यमबाट राखिन्छ। यो विधि स्त्रीको डिम्बको निर्माण समुचित रूपले हुन नसकेपछि प्रयोग गरिन्छ। यो विधि उपचारको सुरुवाती विधा हो। यसमा डिम्बको समुचित आकारको लागि केही औषधिको पनि प्रयोग गरिन्छ। यसमा सफलताको दर २० देखि २५ प्रतिशतसम्म हुने गरेको छ।

आइभिएफ (इन भाइट्रो फर्टिलाइजेसन) : आइयुआई असफल भएपछि यो प्रयोग गरिन्छ। यो २५ देखि ३० प्रतिशतसम्म सफल हुने सम्भावना हुन्छ। यो विधिमा स्त्रीको डिम्ब र पुरुषको शुक्राणुलाई गर्भाधारणको प्रारम्भिक प्रयोगशालामा गरिन्छ। यो विधिलाई टेस्टट्युब बेबी पनि भनिन्छ।

इन्ट्रा साइटोप्लाजमिक स्पर्म इन्जेक्सन (आइसिआएसी) यो विधि आइभिएफ जस्तै विधि हो जसमा एक शुक्राणु र एक डिम्बको निशेचन गरिन्छ र यसमा सफलताको दर २० देखि ३० प्रतिशत हुन्छ। यो विधि अरूभन्दा महँगो छ। 

समाधान
बाँझोपनले बुनेको मनोसामाजिक समस्यालाई समाधान गर्न सुरुमा मानसिकतामै परिवर्तन ल्याउन जरुरी देखिन्छ। प्रजनन स्वास्थ्यका बारेमा जनचेतना हुुनुपर्‍यो। विभिन्न अध्ययनले देखाए अनुसार धेरै गर्भपतन, गर्भनिरोधक चक्कीको जथाभावी प्रयोग, बढ्दो प्रदूषणले यसको समस्या बढाएको छ।

अहिले विभिन्न आधुनिक प्रविधिको विकास भइसकेको छ। समस्या आउनुभन्दा पहिला नै यसमा सावधानी अपनाउन जरुरी देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्