अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः
मेवा- पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने।
काँक्रो- काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने।
भुइँकटहर- पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने।
दूध पाउडर र मह- एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने।
कागती र मह- कागतीको रस र महको पेस्ट बनाई अनुहारको मसाज गर्ने र १० मिनेटपछि धुने । यसो गर्दा अनुहारको चाउरी हराउँदै जान्छ।
जैतुनको तेल- जैतुनको तेलले पाँचदेखि १० मिनेटसम्म बिस्तारै अनुहारको मसाज गर्ने र त्यसपछि अनुहार धुँदा पनि चाउरी कम हुँदै जान्छ।
नरिवल तेल- दुई चम्चा नरिवलको तेललाई मनतातो बनाएर अनुहार मसाज गर्ने गर्नाले पनि चाउरी कम हुन्छ।
केरा- पाकेको केराको पेस्ट बनाइ अनुहारमा लगाउने र ३० मिनेटपछि धुने।
गोलभेँडा- पाकेको गोलभेँडाको पेस्ट बनाई अनुहारमा दलेर १० मिनेटपछि पखाल्ने। यसले पनि चाउरी कम गर्न मद्दत गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।