काठमाडौ– काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दाका एक अभियुक्त हत्कडीसहित फरार भएका छन्। चोरी गरेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको बलेसीका लालकाजी तामाङ फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
उनलाई प्रहरीले दिउँसो पक्राउ गरेर अदालत पेस गरेको थियो। उनी अदालतबाटै भागेको भन्ने सूचना आएपछि प्रहरीले खोजी गरिरहेको छ। कालो टोपी, पहँलो ज्याकेट, निलो जिन्स पाइन्ट, सेतो जुत्ता लगाएका अन्दाजी ३० वर्षीय तामाङ फरार भएका हुन्। उनी चोरी मुद्दाका फरार अभियुक्त हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।