काठमाडौं– प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले काठमाडौं कपन सरस्वतीनगरबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ईलाम, रूवाङग गाउँपालिका–६ घर भई ललितपुर मंगलबजार बस्ने २६ वर्षीय अन्जु प्रधान र रौतहट, चन्द्रनिगाहपुर नगरपालिका ६ घर भई नागर्जुन बस्ने ३१ वर्षीय चेतराज शिवकोटी छन्।
उनीहरुको साथबाट प्रहरीले ८ दशमलव ७५ ग्राम ब्राउन सुगर, विभिन्न ब्राण्डको मोबाइल ३ थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन १ थान र नगद २५ हजार रूपैयाँ बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।