• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बैठक टार्दै महन्थ ठाकुर

64x64
किशोर दहाल मंगलबार, पुस १०, २०७५  १८:३१
1140x725

काठमाडौं– मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको राष्ट्रिय जनता पार्टीको बैठक अन्तिम समयमा स्थगित भयो। बैठक अन्तिम समयमा स्थगित हुनुको कारण बताइयो, महन्थ ठाकुरको स्वास्थ्य। तर यसैगरी अन्तिम समयमा बैठक स्थगित भएको यो पहिलो पटक होइन। राजपामा संयोजक परिवर्तन भएपछि पटकपटक भइसकेको छ।

यसरी बैठक बस्नै नसक्ने स्थिति आउनुलाई महतो पक्षका नेताहरु भने ठाकुरको असन्तुष्टिलाई जोडेर प्रतिक्रिया दिने गरेका छन्। ठाकुर र उनी पक्षका नेताहरुले संयोजक परिवर्तनलाई स्भाविक रुपमा लिन नसक्दा पार्टीमा गम्भीर बैठक नै हुन नसकेको महतो पक्षका नेताहरुले तर्क छ। 'खासमा ठाकुरलाई संयोजकबाट हट्नुपरेकोमा निकै ठूलो पीडा छ', एक नेता भन्छन्, 'उहाँले सहज रुपमा लिनै सक्नुभएको छैन।'

विवादको जरो
गत मंसिर ४ गतेको अध्यक्ष मण्डलको बैठकले मंसिर ५ गतेदेखि लागू हुने गरेर राजपामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्‍यो। नयाँ संयोजकको रुपमा अर्का अध्यक्ष राजेन्द्र महतो चयन भए। बहुमतबाट यो निर्णय गरिएको थियो। निर्णयमा अनिल झाले मात्रै 'नोट अफ डिसेन्ट' लेखेका छन्।

राजपा गठन भएको झन्डै २० महिनापछि भएको यो परिवर्तनलाई ठाकुर पक्षीय नेताहरुले स्वभाविक रुपमा लिन सकेका छैनन्। कतिपय नेताहरु त ठाकुरमाथि 'कू' भएको प्रतिक्रिया नै दिने गरेका छन्।

संयोजक परिवर्तनसँगै ठाकुर पार्टी कार्यालयमा पनि कमै मात्र जान थालेका छन्। सो विवादपछि उनी बबरमहलस्थित तत्कालीन तमलोपाको पुरानो कार्यालयमा बारम्बार जान थालेका थिए। उनले राजपामा देखिएको परिवर्तन नरुचाएको विभिन्न संकेतहरु दिएका छन्। परिवर्तनबाट असन्तुष्ट नेताहरुमा पूर्व तमलोपाका नेताहरु छन्। ठाकुरले उनीहरुको असन्तुष्टि सम्बोधन गर्न भन्दै आफ्नो असन्तुष्टिलाई घुमाउरो रुपमा महतोलाई संकेत गरिरहेका छन्। जसका कारण राजपाको बैठक बस्नै सकस हुँदै आएको छ।

'उहाँ पक्षका नेताहरुलाई भेटेर शनिबार नै छलफल गरिएको पनि हो', एक नेता भन्छन्, 'तर कुनै पनि कुरा स्पष्ट भन्दैनन्। सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्छन्। त्यसका अतिरिक्त यो भएन पनि भन्दैनन्। यसो गर्नुपर्‍यो पनि भन्दैनन्। अर्घेल्याइँ गर्ने अभिप्राय देखिन्छ।'

बैठक निरन्तर स्थगित
महतो संयोजक भएको एक महिना बितिसक्दा समेत एउटा पनि बैठक बस्न सकेको छैन। मंसिर ६ तथा ७ मा बस्ने तयारी गरिएको बैठक स्थगित भयो।

संयोजक परिवर्तनपछि पहिलोपटक मंसिर १० गतेका लागि बैठक बोलाइयो। तर अन्तिम समयमा बैठक स्थगित भयो। ठाकुरले असन्तुष्टि जनाइरहेकै थिए, अर्का नेता राजकिशोर यादव पनि उपत्यका बाहिर भएपछि बैठक बस्न सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को बैठक मंसिर १४ का लागि बोलाइयो। यो बैठकमा पनि ठाकुर नआउने भएपछि उनलाई फकाउन महतो उनको निवासमै पुगेका थिए। बाहिर नराम्रो सन्देश गएको भन्दै उनले बैठकमा आउन जोड गरेका थिए। तर सो दिनको बैठकमा पनि प्रभावकारी भएन। ठाकुरले आफू अस्वस्थ भएको र उपचारका लागि नयाँ दिल्ली जानु परेकाले फर्केपछि बैठक बस्न प्रताव गरेका थिए। त्यसपछि बैठक औपचारिक रुपमा नबस्दै स्थगित भयो।
१४ गते स्थगित भएको बैठकपछि १६ गते ठाकुर उपचारका लागि भारत गए। उनी फर्केपछि पनि बैठक बस्नको लागि पहल हुँदै आएको तर बस्न नसकेको राजपाका नेताहरु बताउँछन्।

लामो समयपछि मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भयो। ठाकुर बिरामी भएकाले बैठक स्थगित भएको राजपाका नेताहरुले जानकारी दिएका छन्।

आजै प्रधानमन्त्रीसँग भेट
आजै प्रधानमन्त्री र राजपा नेताहरुबीच भेटवार्ता भएको थियो। बिहान साढे १० बजेदेखि सुरु बैठक झन्डै २ घण्टा चलेको थियो। राजपामा संयोजक परिवर्तनपछि आजको भेट पहिलो थियो। भेटमा प्रधानमन्त्रीले राजपाका मागहरुमा आफू सकारात्मक रहेको र राजपा नेताहरुको चासोको विषयलाई एक साताभित्रै अघि बढाउने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्रीसँगको भेटवार्ताबाट राजपा नेताहरु सकारात्मक सुनिएका थिए। 'आइस ब्रेक भयो', राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले भने, 'उहाँले हाम्रा विषयमा सकारात्मक प्रतिक्रिया दिनुभयो। उहाँ हाम्रो चासोमा सकारात्मक हुनुहुन्छ भन्ने हामीले पनि महसुस गर्‍यौं।'

प्रधानमन्त्रीसँगको भेटवार्तामा आफ्ना कुरा राखेर फर्किएका राजपाका नेताहरु १ बजेको बैठकमा भने जुट्न सकेनन्। कारण बताइयो, ठाकुरको स्वास्थ्य अवस्था। 'बिरामी भएकै हुन् भने स्वास्थ्य लाभको कामना गर्छु। तर, बिहान २ घण्टासम्म प्रधानमन्त्रीसँग बैठक बस्न सकिने', एक नेताले असन्तुष्टि जनाए, 'पार्टीमा एक छिन पनि बैठक बस्न नसकिने? बैठक बस्ने बेलामा सधैं बिरामी?'

यसैबीच बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। 'त्यो पनि बस्ला भन्ने लाग्दैन', ती नेता भन्छन्।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्