• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बैठक टार्दै महन्थ ठाकुर

64x64
किशोर दहाल मंगलबार, पुस १०, २०७५  १८:३१
1140x725

काठमाडौं– मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको राष्ट्रिय जनता पार्टीको बैठक अन्तिम समयमा स्थगित भयो। बैठक अन्तिम समयमा स्थगित हुनुको कारण बताइयो, महन्थ ठाकुरको स्वास्थ्य। तर यसैगरी अन्तिम समयमा बैठक स्थगित भएको यो पहिलो पटक होइन। राजपामा संयोजक परिवर्तन भएपछि पटकपटक भइसकेको छ।

यसरी बैठक बस्नै नसक्ने स्थिति आउनुलाई महतो पक्षका नेताहरु भने ठाकुरको असन्तुष्टिलाई जोडेर प्रतिक्रिया दिने गरेका छन्। ठाकुर र उनी पक्षका नेताहरुले संयोजक परिवर्तनलाई स्भाविक रुपमा लिन नसक्दा पार्टीमा गम्भीर बैठक नै हुन नसकेको महतो पक्षका नेताहरुले तर्क छ। 'खासमा ठाकुरलाई संयोजकबाट हट्नुपरेकोमा निकै ठूलो पीडा छ', एक नेता भन्छन्, 'उहाँले सहज रुपमा लिनै सक्नुभएको छैन।'

विवादको जरो
गत मंसिर ४ गतेको अध्यक्ष मण्डलको बैठकले मंसिर ५ गतेदेखि लागू हुने गरेर राजपामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्‍यो। नयाँ संयोजकको रुपमा अर्का अध्यक्ष राजेन्द्र महतो चयन भए। बहुमतबाट यो निर्णय गरिएको थियो। निर्णयमा अनिल झाले मात्रै 'नोट अफ डिसेन्ट' लेखेका छन्।

राजपा गठन भएको झन्डै २० महिनापछि भएको यो परिवर्तनलाई ठाकुर पक्षीय नेताहरुले स्वभाविक रुपमा लिन सकेका छैनन्। कतिपय नेताहरु त ठाकुरमाथि 'कू' भएको प्रतिक्रिया नै दिने गरेका छन्।

संयोजक परिवर्तनसँगै ठाकुर पार्टी कार्यालयमा पनि कमै मात्र जान थालेका छन्। सो विवादपछि उनी बबरमहलस्थित तत्कालीन तमलोपाको पुरानो कार्यालयमा बारम्बार जान थालेका थिए। उनले राजपामा देखिएको परिवर्तन नरुचाएको विभिन्न संकेतहरु दिएका छन्। परिवर्तनबाट असन्तुष्ट नेताहरुमा पूर्व तमलोपाका नेताहरु छन्। ठाकुरले उनीहरुको असन्तुष्टि सम्बोधन गर्न भन्दै आफ्नो असन्तुष्टिलाई घुमाउरो रुपमा महतोलाई संकेत गरिरहेका छन्। जसका कारण राजपाको बैठक बस्नै सकस हुँदै आएको छ।

'उहाँ पक्षका नेताहरुलाई भेटेर शनिबार नै छलफल गरिएको पनि हो', एक नेता भन्छन्, 'तर कुनै पनि कुरा स्पष्ट भन्दैनन्। सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्छन्। त्यसका अतिरिक्त यो भएन पनि भन्दैनन्। यसो गर्नुपर्‍यो पनि भन्दैनन्। अर्घेल्याइँ गर्ने अभिप्राय देखिन्छ।'

बैठक निरन्तर स्थगित
महतो संयोजक भएको एक महिना बितिसक्दा समेत एउटा पनि बैठक बस्न सकेको छैन। मंसिर ६ तथा ७ मा बस्ने तयारी गरिएको बैठक स्थगित भयो।

संयोजक परिवर्तनपछि पहिलोपटक मंसिर १० गतेका लागि बैठक बोलाइयो। तर अन्तिम समयमा बैठक स्थगित भयो। ठाकुरले असन्तुष्टि जनाइरहेकै थिए, अर्का नेता राजकिशोर यादव पनि उपत्यका बाहिर भएपछि बैठक बस्न सकेन।

Ncell 2
Ncell 2

अर्को बैठक मंसिर १४ का लागि बोलाइयो। यो बैठकमा पनि ठाकुर नआउने भएपछि उनलाई फकाउन महतो उनको निवासमै पुगेका थिए। बाहिर नराम्रो सन्देश गएको भन्दै उनले बैठकमा आउन जोड गरेका थिए। तर सो दिनको बैठकमा पनि प्रभावकारी भएन। ठाकुरले आफू अस्वस्थ भएको र उपचारका लागि नयाँ दिल्ली जानु परेकाले फर्केपछि बैठक बस्न प्रताव गरेका थिए। त्यसपछि बैठक औपचारिक रुपमा नबस्दै स्थगित भयो।
१४ गते स्थगित भएको बैठकपछि १६ गते ठाकुर उपचारका लागि भारत गए। उनी फर्केपछि पनि बैठक बस्नको लागि पहल हुँदै आएको तर बस्न नसकेको राजपाका नेताहरु बताउँछन्।

लामो समयपछि मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भयो। ठाकुर बिरामी भएकाले बैठक स्थगित भएको राजपाका नेताहरुले जानकारी दिएका छन्।

आजै प्रधानमन्त्रीसँग भेट
आजै प्रधानमन्त्री र राजपा नेताहरुबीच भेटवार्ता भएको थियो। बिहान साढे १० बजेदेखि सुरु बैठक झन्डै २ घण्टा चलेको थियो। राजपामा संयोजक परिवर्तनपछि आजको भेट पहिलो थियो। भेटमा प्रधानमन्त्रीले राजपाका मागहरुमा आफू सकारात्मक रहेको र राजपा नेताहरुको चासोको विषयलाई एक साताभित्रै अघि बढाउने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्रीसँगको भेटवार्ताबाट राजपा नेताहरु सकारात्मक सुनिएका थिए। 'आइस ब्रेक भयो', राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले भने, 'उहाँले हाम्रा विषयमा सकारात्मक प्रतिक्रिया दिनुभयो। उहाँ हाम्रो चासोमा सकारात्मक हुनुहुन्छ भन्ने हामीले पनि महसुस गर्‍यौं।'

प्रधानमन्त्रीसँगको भेटवार्तामा आफ्ना कुरा राखेर फर्किएका राजपाका नेताहरु १ बजेको बैठकमा भने जुट्न सकेनन्। कारण बताइयो, ठाकुरको स्वास्थ्य अवस्था। 'बिरामी भएकै हुन् भने स्वास्थ्य लाभको कामना गर्छु। तर, बिहान २ घण्टासम्म प्रधानमन्त्रीसँग बैठक बस्न सकिने', एक नेताले असन्तुष्टि जनाए, 'पार्टीमा एक छिन पनि बैठक बस्न नसकिने? बैठक बस्ने बेलामा सधैं बिरामी?'

यसैबीच बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। 'त्यो पनि बस्ला भन्ने लाग्दैन', ती नेता भन्छन्।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्