काठमाडौं– गोंगबुस्थित गोंगबु बैकुण्ठ गेष्ट हाउसबाट सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा २१ वर्षीय चाईनिज भनिने सुमन मगर समेत ८ जना र चोरीको गरगहना किन्ने तथा स्वरुप परिवर्तन गरी बिक्री गर्ने काठमाडौं महानगरपालिका–१६ स्थित भुपु सैनिक सुनचाँदी पसलकी संचालिका सबिता सुनार रहेका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले मगरलाई चोरीका गहना सहित फेला पारी सोधपुछ गर्दा उक्त गेष्ट हाउसको ३०१ नम्बरको कोठाबाट उनका साथी ४ पुरुष र ३ महिलालाई समेत पक्राउ गरेको हो।
उनीहरूले चोरी गरेका गरगहना सुनारको पसलमा बेच्ने गरेको बताएका थिए। सुनारले पाको न्युरोडस्थित फोर नाइन फाइन गोल्डेन ओर्नामेन्ट एन्ड ज्वेलरीमा काम गर्ने न्यूरोड बस्ने भारत कलकत्ताका ५२ वर्षीय गौतम मन्नालाई बिक्री गरेको खुल्न आएपछि प्रहरीले मन्नाको कोठाबाट ६६ दशमलव २० ग्राम सुन बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।