काठमाडौं– नक्कली पेस्तोल देखाई आतंक फैलाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आतंक सिर्जना गर्दै हिँड्ने काठमाडौं महानगरपालिका–६ बौद्ध, नयाँबस्ती बस्ने २१ वर्षीय सिद्धान्त सुनुवारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
बौद्ध नयाँबस्तीस्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रंगको नक्कली पेस्तोल देखाई 'म प्रहरी हुँ' भनी पसल संचालक र ग्राहकलाई तर्साइरहेको अवस्थामा उक्त नक्कली पेस्तोलसहित सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।