दाङ- दाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।
राजपुर गाउँपालिका निवासी नरबहादुर घर्ती र साेही ठाउँ निवासी रेशमबहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेकाे हाे।
५० बर्षीय नरबहादुर घर्तीले बोकेको भरुवा बन्दुक पट्किँदा ४० वर्षीय धनलाल पुनलाई गाेली लागेको घटनाको अनुसन्धान गर्दा ३ नाल भरुवा बन्दुकसहित २ जना व्यक्ति पक्राउ परेका हुन्।
धनलाल पुनको दाहिने खुट्टाको गोलीगाँठामा गोली लागेकाे छ। अहिले उनको नेपालगञ्जमा उपचार भैरहेकाे छ।
डिल्लीबहादुर खड्का र नरबहादुर घर्तीको घर खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा ३ नाल भरुवा बन्दुक बरामद भएको छ।
साथै भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, सिसाका छर्रा, सलाइको काँटी, सोडाजस्तो देखिने वस्तु, बारुद जस्तो देखिने वस्तु, केप बनाउन प्रयोग गरिने औषधिको खोलसमेत बरामद गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।