काठमाडौं– कोर बैंकिङ सिस्टमको दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला सनसिटी बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
उनले राष्ट्रिय वाणिज्य बैंकको मुख्य शाखा कार्यालय, विशालबजार काठमाडौंमा युएसडी खाता खालेका थिए। पछि ई–बैंकिङ, मोबाइल बैंकिङ र ई–सेवा वालेट जस्ता विधुतीय उपकरणको प्रयोग गरी आफ्नो युएसडी खातामा अनाधिकृत रुपमा रकम जम्मा गर्ने गरेका थिए।
उनले अनाधिकृत रुपमा ७८ हजार ३ सय ८०.५० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिनको लागि एटिएम तथा पिओएस मेसिनहरु प्रयोग गर्ने गरेको पाइएपछि उनलाई सिआइबीले पेप्सीकोलाबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।