काठमाडौं– ललितपुरको लाँकुरी भञ्ज्याङ प्रहरी प्रभागका प्रमुख असई रमेश तामाङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। गत शनिबार प्रभागभित्रै असई तामाङको पेस्तोलबाट चलेको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका थिए।
सोही मुद्दामा श्रेष्ठका बुबाले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए। जाहेरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरिएको ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।
प्रहरी जवान तामाङको दायाँ गालाबाट लागेको गोली बायाँतर्फबाट निस्केको थियो। घाइतेको प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
गोली अनलोड गर्ने क्रममा असावधानीबस गोली चलेको घाइते भएको असईले बताउँदै आएका छन्। असई तामाङलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।