राजविराज– बारा प्रहरीले वन मुद्दाका फरार अभियुक्तलाई ५ वर्षपछि पक्राउ गरेको छ।
निजगढ नगरपालिका–११ का ३९ वर्षीय एकानन कुँवरलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो।
बारा जिल्ला अदालतमा चलेको वनसम्बन्धी मुद्दामा २०७० चैत ९ गते कुँवरलाई १ वर्ष कैद र १० हजार २ सय ७५ रुपैयाँ जरिवाना सुनाइएको थियो। अदालतको निर्णयपछि फरार रहेका साविक रतनपुर गाविस–१ का कुँवरलाई इलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेको हो।
उनलाई कैद र जरिवाना असुलीका लागि विरगन्ज कारागार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।