काठमाडौं– निर्मलाको न्यायका निम्ति भन्दै सामाजिक अभियन्ताहरूले दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध जनाएका छन्।
निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिन बित्दासमेत हत्यारा पत्ता नलागेको भन्दै आइतबार अपरान्ह बानेश्वरको सडकपेटीमा अभियन्ताहरूले विरोध स्वरूप ‘निर्मला १५० दिन’ लेखेर सरकारलाई दबाब दिएका हुन्।

निर्मलाले कहिले न्याय पाउँछिन् भनेर सोध्नका लागि प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीकाे माेबाइल नम्बर रहेको पर्चा सर्वसाधाणलाई वितरण गर्दै रचनात्मक दबाब दिएका छन्।

बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव नजिकैको उखुबारीमा साउन ११ गते फेला परेको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।