चितवन- इच्छाकामना गाउँपालिका–४ मा आज साँझ टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने ३८ वर्षीय नारायण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार ना७ख ४६५८ नंको टिपरबाट माटो झार्ने क्रममा दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको हो।
टिपर सडकबाट टिपर ३०० मिटर तल त्रिशूली नदीतर्फ खसेको थियो। टिपर दुर्घटनामा घाइते भएका सुवेदीको उपचारका लागि भरतपुर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।