• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कवाडी बन्दैछ न्यारोगेज रेल्वेको सम्पत्ति

जनकपुर-जयनगर रेल्वेको इतिहासदेखि ब्रोडगेजको तयारीसम्म
64x64
नेपाल लाइभ शनिबार, पुस ७, २०७५  १८:२६
1140x725

जनकपुर– मुलुककै एकमात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इन्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ।

जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणको अभावमा घाम र पानीले खिया लाग्दै कबाडीमा परिणत हुन थालेको छ।

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ जना कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्री समेत चोरी भएका छन्।

जनकपुरबाट करिब १५ किलोमिटरको दुरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेसनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इन्जिन संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।

जनकपुर–जयनगर रेल्वेको इतिहास
१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरीको जंगलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटरसम्म सञ्चालनमा रहेको थियो। तर, २०५९ सालमा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा मात्र सीमित हुन पुग्यो। जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भएको थियो। त्यो पनि नियमित थिएन।

सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्री ओसारपसार गर्न थालेको थियो।

२०५१ मा भारत सरकारको सहयोगमा १८ बोगीसहित चार वटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो। पछि २०२५ मा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो।

रेल्वेको पहिलो प्रबन्धकका रूपमा टेकजंग थापा नियुक्त भएका थिए। २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ।

संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी विज्ञान विषयका शिक्षक उपेन्द्र ठाकुर बताउँछन्। उनी भन्छन्, ‘वैदेही नगरपालिकाको खजुरी स्टेसनमा म्युजियम निर्माण गरेर कोइला इन्जिन संरक्षण गरिए पर्यटक भित्र्याउन सकिन्छ।’

सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नातेदारहरू २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयबासी बताउँछन्। त्यतिबेला एउटा इन्जिनको साटो तीन वटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्ताव समेत गरिएको थियो।

त्यसबेला तत्कालीन सरकारले आफैं म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो। तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माणसम्बन्धी कुनै काम अघि बढ्न सकेन।

जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू समेटेर सरकारलाई रिपोर्ट बुझाएको थियो। जसमा ७५ प्रतिशत रेल्वे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्ने लगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो।

समयमै मर्मतसम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि प्रतिवेदनमा थियो। रेल्वे व्यवस्थापनले सरकारलाई लिखित रूपमा बुझाएका सुझाव सरकारले थन्क्याएर राखे।

फलतः पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि ८१ वर्षदेखि यातायातको प्रमुख मार्गको रूपमा रहेको जनकपुर–जयनगर रेल गत पाँच वर्षदेखि भने बन्द छ। 

संरक्षणका लागि महाप्रबन्धक तुलाधर डाँगी सहित खटाइएका १७ जना कर्मचारीमध्ये कार्यालयमा एक जना पनि भेटिँदैनन्। घरमै बसेर तलब खाइरहेका रेल्वेका कर्मचारीको लापरबाहीका कारण करोडौंको सम्पत्ति क्षतिग्रस्त हुँदैछ।

पर्यटकीय तथा धार्मिक नगरीका रूपमा स्थापित जनकपुरधाम वा आसपासको क्षेत्रमा संसारमा कतै नभएको रेल इन्जिनको म्युजियम निर्माण गरिए जनकपुरको पर्यटकीय विकासमा थप टेवा पुग्ने पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताए।

इतिहासका लागि पनि जनकपुर रेल्वेका इन्जिन र सामान संरक्षण गर्नुपर्ने समाजशास्त्री निलबहादुर लुम्रेले बताए। ‘नेपालको रेलको इतिहासका विषयमा भावी पुस्ता र मिथिलामा आउने पर्यटकलाई जानकारी दिन पनि संरक्षण गर्नुपर्छ,’ लुम्रेले भने। यसलाई प्रदेश सरकारले संग्रहालय बनाएर राख्नुपर्ने उनको भनाइ छ।

ब्रोडगेजको तयारी
पुरानो न्यारोगेज रेल्वे बन्द भए पनि अहिले ब्रोडगेज रेल्वेको तयारी भइरहेको छ। सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र  ५ फिट ६ इन्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ। लिकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ। ब्रिटिस सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको थियो।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर ब्रोडगेज रेल लाइनको पहिलो चरणको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको जनाएको छ।

पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सेवा सञ्चालन हुने छ। न्यारोगेजभन्दा ब्रोडगेजले प्रभावकारी हुने स्थानीय बासिन्दाको विश्वास छ।

नेपाल रेल कम्पनीका निमित्त प्रशासकीय अधिकृत तुलाबहादुर डाँगीका अनुसार करिब–करिब अबको २ महिनामा प्लेटफर्मसहित स्टेसन र हल्ट निर्माण कार्यले पूर्णता पाउने छ। रेल विभागले प्रत्येक स्टेसनमा रेल्वे कम्पनीका कर्मचारीलाई रेल विभागले खटाएको छ।

विगतमा ‘न्यारोगेज रेल’ सञ्चालनमा रहेको बेला स्टेसन घरदेखि प्लेट फर्म पुरानो मोडेलका थिए। तर अहिले बनिरहेको स्टेसनको डिजाइन भारतको राइट्स् कम्पनीले बनाएको डिजाइनअनुरुप नै तयार भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज विनोदकुमार ओझाले बताए।

जनकपुरमा स्टेसन नभएर हल्ट बनेको छ। स्टेसनमा रेलको २ वटा लिक हुन्छ र रेल बढी समय रोकिने गर्छ। हल्टमा एउटा मात्रै रेल लिक हुन्छ र रेल छोटो समयका लागि मात्र रोकिने गर्छ।

विगतमा जनकपुर अन्तिम स्टेसन थियो। ‘न्यारो गेज’ हुँदा ३ देखि ४ वटासम्म रेलको लिक बिछ्याइएको थियो। तर अहिले जनकपुर हल्टमा परिणत हुनुका साथै एउटा मात्र सिङ्गल लिक बिछ्याइएको छ। अन्तिम स्टेसन अब जनकपुर नभएर जनकपुरधाम उपमहानगरपालिका कै कुर्था स्टेसन बनेको छ।

जनकपुरधाम हल्ट आकर्षक देखिएको छ। २ नम्बर प्रदेशको राजधानी समेत भएकाले यात्रुको चाप अन्य स्टेसन तथा हल्टभन्दा बढी हुने हुनाले प्लेट फर्मदेखि हल्टसम्मको क्षेत्रफल ठूलो बनेको छ।

रेल सञ्चालनपछि आर्थिक गतिविधि बढ्ने
जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिबास रेल सेवा सञ्चालनमा आएपछि कलकत्ता बन्दरगाहबाट काठमाडौंको दूरी १ सय ३० किलोमिटर घट्ने छ। जयनगर–बर्दिबास रेल सेवा सञ्चालन भएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि तीव्र हुनेछ।

जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभंगा महाराज ९भारत स्वतन्त्र हुनुपूर्वका राजा० सँग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो। दरभंगा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेल सेवा सञ्चालित रहेसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ।

पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि विगत ८१ वर्षदेखि यातायातको प्रमुख मार्गको रूपमा रहेको जनकपुर–जयनगर रेल सेवा झन्डै ५ वर्षदेखि बन्द छ। सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मे भई सडक यातायात अवरूद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ। तर, रेल विस्तार तथा स्तरोन्नति कार्यले स्थानीय वासिन्दा हर्षित भएका छन्।

८ स्टेसन र ६ वटा हल्ट
जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्गमा ८ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ ।

नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी ८ वटा स्टेसन रहेका छन्। महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट रहेका छन्।

स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ। हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ। जयनगरमा ४ लाइन, इनरुवामा ५ लाइन, खजुरीमा ३ लाइन, कुर्थामा ५ लाइन, वैदहीमा ३ लाइन, जनकपुरमा सिंगल लाइन रहने छ।

जयनगरदेखि बिजलपुरासम्म रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलमार्गका लागि जग्गा अधिग्रहण कार्य जारी छ।

आफ्नै रेल किनेर सञ्चालन गर्छौं– महासेठ
भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ पछिल्लो पटक जनकपुर आउँदा भनेका थिए, ‘नेपाल सरकारले भारतसँग लिजमा लिएर रेल सञ्चालन गर्ने कुरा रहेकोमा अब लिजमा हैन, नेपालले किनेर नै रेल सञ्चालन गर्ने प्रक्रियामा अघि बढिसकेको छ। रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसको लागि मूल्य पनि पठाइसकेको छ तथा भारतले पठाएको मूल्य नेपाल सरकारले स्वीकार गरेर पत्राचार समेत गरिसकेको छ।’

मन्त्री महासेठले डिसेम्बरको पहिलो साताभित्र रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताएका थिए। अहिले डिसेम्बरको तेस्रो साता हुँदै छ। उनले डिसेम्बरभित्र जयनगर–जनकपुर–कुर्थासम्म रेल सञ्चालन हुने बताएका थिए।

मन्त्री महासेठले डिसेम्बरभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–बिजलपुरा हुँदै बर्दिबाससम्म रेल सञ्चालन हुने बताएका थिए। उनले आउने चुनावसम्म अर्थात ४ वर्षभित्र बर्दिबासदेखि निजगढसम्म नेपाल सरकारकै सम्पूर्ण खर्चमा सञ्चालन गरिने जनाए। उनले भने, ‘निजगढको काम लगभग ५० प्रतिशत सम्पन्न भइसकेको छ, ट्रयाकहरु धमाधम बन्दै छन्। करिब ४२ किलोमिटरसम्मको ट्रयाक निर्माण भइसकेको छ, ९० प्रतिशत पुलको लागि टेन्डर भइसकेर निर्माण पनि सुरु भइसकेको छ।’

मन्त्री महासेठले बर्दिबासबाट काँकटभिट्टासम्म विद्युतीय रेल सञ्चालन गर्ने सरकारको सोच रहेको जनाए। उनले यस विद्युतीय रेलको लागि डिपिआर आइसकेको र आउने ६ महिनाभित्र निर्माणको व्यवस्थापन गर्ने बताए।

मन्त्री महासेठले आउने ४ वर्षमा २८ सय किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र १२ सय किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताए।

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्