• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कांग्रेस महासमिति बैठकमा अनिताको इसारा

64x64
नेपाल लाइभ शनिबार, पुस ७, २०७५  १४:२४
1140x725

काठमाडौं- निर्धारित समयअनुसार नेपाली कांग्रेसको महासमिति बैठक पुस ३ गते सकिनुपर्ने थियो। चार दिन थप हुँदा पनि बैठक कहिले सकिने निश्चित छैन।
 
त्यसो त मंसिर २९ गतेको उद्घाटन सत्र पनि निर्धारित समयमा सुरु हुन सकेन। पूर्वनिर्धारित समयभन्दा दुई घन्टापछि सुरु भएको कार्यक्रममा एक दर्जनभन्दा बढी नेताहरुले बोलेका थिए। दिउँसो एक बजेबाट सुरु भएको उद्घाटन सत्र साँझ सात बजेसम्म निरन्तर चलिइरह्यो।

उद्घाटन सत्रमा मञ्चबाट दायाँतिर अतिथिभन्दा अलि अघिल्तिर थिइन्, अनिता घिमिरे। जसले काम थियो श्रवणशक्ति नभएका र कम सुन्नेहरुलाई सांकेतिक भाषामा नेताहरुको भाषण सम्प्रेषण गर्नु। पूरा अवधिभर मञ्चको भाषणलाई सांकेतिक भाषामा उतार्नु सानो काम थिएन। किनकि बढी बोल्ने नेताले ३५ मिनेटसम्म खर्चिएका थिए। 

उद्घाटन सत्रमा सहभागी सात जना श्रवणशक्ति नभएका कांग्रेस कार्यकर्ताहरु उपस्थित थिए। दुवै हातलाई रत्तिभर विश्राम नदिई खटाइरहनुपर्ने बाध्यात्मक अवस्था थियो उनमा।

कार्यक्रमको उत्तरार्द्धमा अन्तिम वक्ता थिए– पार्टी सभापति शेरबहादुर देउवा। जब उनी बोल्न पोडियममा पुगे, त्यसैबखत श्रवण शक्ति नभएकाहरुले ‘तिमीलाई थकाइ लाग्यो’ भन्ने इसारा गरे। अनितालाई फ्लोरमा झरिन्। उनको भूमिका पनि सकियो।

उद्घाटन सत्र सकिएपछि कार्यक्रमबारे चर्चा भयो। अनिताको कार्यको त सबैजसो नेताले प्रशंसा गरे। पार्टी उपसभापति विजयकुमार गच्छदार लगायतका नेताहरुले उनलाई प्रश्न गरे, ‘सभापतिको बोली नबुझेर उहाँको भाषणलाई सांकेतिक भाषामा अनुवाद नगरेको हो?’

घिमिरेले भने आफूलाई थकाइ लागेको जनाउँदै नेताहरुकै अनुरोधमै ओर्लेको जवाफ फर्काइन्। 

यो उनको जीवनमै सबैभन्दा लामो प्रस्तुति थियो। लगातार ६/६ घन्टा लगातार सांकेतिक भाषाको खटाइले त्यसरात उनलाई ज्वरो नै आयो।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य कार्यक्रममा दिनको ३५ सय पारिश्रमिक लिने गरेकी अनिताले आफू आबद्ध पार्टीको कार्यक्रम भएकाले उनले कुनै पारिश्रमिक लिइनन्। १३औं महाधिवेशनमा उनले तीन दिन सांकेतिक भाषामा प्रस्तुति गरेको अनुभव सुनाइन्।

'सांकेतिक भाषा व्यक्त गर्नेहरु मेसिन हुन्'
पोलियो रोगका कारण खुट्टामा समस्या भएपछि अनिता नेपाल अपांग महिला संघमा आबद्ध भइन्। त्यहीँ रहँदा उनमा सांकेतिक भाषा सिक्ने रुचि बढेको थियो। उनले २०५७ सालमा सांकेतिक भाषा सिकिन्। तीन महिनाको कक्षाले श्रवणशक्ति नभएका व्यक्तिसँग उनलाई दोहोरो संवाद गर्न केही सहज भयो। तर, पूर्ण ज्ञान भने थिएन। समय क्रमसँगै सांकेतिक भाषाका व्याकरण र शब्द थपिए। उनले २०६२ मा थप ६ महिने सांकेतिक कक्षा लिइन्।

सांकेतिक भाषाको ज्ञान उनका लागि सामान्य आयको बाटो पनि बनेको छ। ‘व्यावसायिक रुपमा भन्दा बढी सामाजिक सेवाका लागि बढी ज्ञान खर्चिएको छु,’ उनी भन्छिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांकेतिक भाषामा बोल्नेहरुका लागि अन्तराष्ट्रिय प्रचलनमा १५ मिनेटपछि आलोपालो गर्न पाइने व्यवस्था हुन्छ। तर नेपालमा यो लागू छैन।

श्रवणशक्ति नभएकाले भाषा बुझ्ने दुई तरिका हुन्छन्। एक समूहले व्याकरण नै प्रयोग नगरी बुझ्छन् भने अर्को समूहलाई व्याकरणसहित बुझाउनुपर्छ। २०५७ सालमा एक हजार शब्द रहेको सांकेतिक भाषाको शब्दभण्डार अहिले तीन हजारभन्दा बढी रहेको छ।

महासमिति बैठककै उदाहरण दिँदै भनिन्, ‘कसैलाई नेपाली कांग्रेस नै बुझाउनुपर्छ। केहीलाई कांग्रेस भने मात्रै पनि हुन्छ।’  सांकेतिक भाषामा बुझाउनका लागि एकएक शब्दलाई संकेतका रुपमा बुझाउन सम्भव नहुने उनको ठम्याइ छ। 

जन्मजात श्रवणशक्ति नभएकालाई बुझाउन गाह्रो हुने उनी बताउँछिन्। 'समयक्रममा श्रवणशक्ति गुमेकाहरुले अलि छिटो भाषा बुझ्छन्,' उनले भनिन्, 'शब्दले बुझाउन नसकेको अवस्थामा ‘कोड’ प्रयोग गरी संकेत गरिन्छ। शब्द ठ्याक्कै बुझ्न नसके हिज्जेमार्फत बुझाइन्छ।'

एकातर्फबाट आएको अभिव्यक्तिलाई सुनेर तुरुन्त अनुवाद गरी प्रापककहाँ संकेतमार्फत पुर्याउनु कम कठिन छैन। 'सांकेतिक भाषा व्यक्त गर्नेहरु मेसिन हुन्,' उनले भनिन्।

'म गर्भे कांग्रेस'
नेपाली कांग्रेसमा सामान्यता दुई प्रकारका कांग्रेस हुन्छन्। पहिलो– गर्भे कांग्रेस। अर्को- कांग्रेसका संस्थापक नेताहरुको लगाव र सिद्धान्त बुझेर कांग्रेस हुनेहरु। 

अनिताका बुबा खाँट्टी कांग्रेस थिए। आमा स्थानीय तहमा वडा सदस्य छन्। विवाहित उनका श्रीमान् कांग्रेस नजिकको कर्मचारी युनियनमा आबद्ध छन्। 'म चैं गर्भे कांग्रेस,' उनी सहर्ष स्विकार्छिन्।

२०४६ सालको जनआन्दोलनमा कांग्रेसको झन्डा उठाएर सडकमा निस्किएकी उनी त्यसयता निरन्तर सक्रिय छिन्। 

कांग्रेसको नीति र सिद्धान्त उत्कृष्ट रहेको दाबी गर्दै उनले भनिन्, 'सरकारमा हुँदा कांग्रेसले जनमुखी कार्यक्रम ल्यायो। कार्यान्वयनका क्रममा सरकार परिवर्तन हुँदा कांग्रेसले जस लिन सकेन।’ कांग्रेसले ल्याएका नीति भजाएर कम्युनिस्टहरु अघि आएको उनको मत छ। तर प्रतिपक्षी भूमिकामा कांग्रेस बलियो नभएकोमा उनले गुनासो गरिन्।

सत्तारुढ दल नजिक सरकारी तथा गैरसरकारी संस्थाहरु बढी रहेको उनको बुझाइ छ। 

पार्टीभित्र मतभेद हुनुलाई सामान्य परिघटना मान्ने उनले महासमिति बैठकपछि कांग्रेस सुदृढ हुने अपेक्षा राखिन्। भारतमा कांग्रेसको पुनरोदय भएको देखाउँदै भनिन्, ‘अर्को चुनावमा कांग्रेस नै पहिलो पार्टी हो।’

अपांगको संख्याअनुसार प्रतिनिधित्व
पार्टीको केन्द्रीय समितिमा भएको विवादले महासमिति बैठकमा शनिबार मात्रै विधान पेस भएको छ। विधानकै लागि डाकिएको बैठकमा विधानको अन्तर्वस्तुमा रहेर उनले विचार व्यक्त गर्न पाएकी छैनन्।

अपांगता भएका व्यक्तिहरुको लागि विधानमा राखिएको प्रावधान हेरी आफ्नो धारणा राख्ने उनले बताइन्। विधानका लागि एक सातासम्म कुर्नुपर्दा उनलाई पार्टी नेतृत्वप्रति खिन्नता महसुस भएको छ। 

सपांगसँग प्रतिस्पर्धा गर्न सम्भव नहुने हुँदा तल्लो तहदेखि नै अपांगसँग अपांगकै प्रतिस्पर्धा गरी पार्टीको संगठन चयन हुनुपर्ने उनको सुझाव छ। महासमिति तथा महाधिवेशन प्रतिनिधि छनोटको विधि अपांगमैत्री हुनुपर्ने उनको माग छ। साथै, केन्द्रीय समितिमा एक सदस्य अपांगबाट अनिवार्य प्रतिनिधित्व हुनुपर्ने उनको प्रस्ताव छ। संविधानमा अपांगता भएको व्यवस्था अनुरुप पार्टीले विधान ल्याउनेमा उनी विस्वस्त छिन्। 'अपांगताको पक्षमा विधान बनेको सुनेकी त छु तर कस्तो व्यवस्था राखिएको भन्ने जानकारी मलाई छैन,' उनले भनिन्।

१२औं महाधिवेशनमा ५२ जना अपांग प्रतिनिधि भएकोमा १३औं महाधिवेशनमा यो संख्या बढेर ७० पुग्यो।  अपांग व्यक्तिहरुको महाधिवेशनमा सहभागिता बढे पनि केन्द्रीय समितिमा प्रतिनिधित्व हुन नसकेको प्रति उनको चिन्ता छ। ३० लाख अपांगहरुबाट प्रतिनिधित्व हुने हुनाले पार्टीले त्यसैअनुरुप केन्द्रीय समितिमा पनि स्थान दिनुपर्ने उनको राय छ।

राज्यले २.९६ प्रतिशत अपांग भएको तथ्यांक बाहिर ल्याए पनि उनी त्यसलाई मान्न तयार छैनन्। अपांगताको प्रकृति १० प्रकारका भएको जनाउँदै उनले अपांगहरुको तथ्यांक सरकारले सार्वजनिक गरेको भन्दा बढी रहेको बताइन्। राष्ट्रिय अपांग महासंघ अन्तर्गत ३३५ भन्दा बढी संघसंस्था विद्यमान छन्। 

प्रविधि र सुविधा थपिएसँगै अपांगता हुनेहरुको संख्या बढिरहेको उनको तर्क छ। भनिन्, ‘हामीहरुले स्लो पोइजन खाइरहेका छौं। त्यसले अपांगहरु  बढ्न नकारात्मक सहयोग गरेको छ।’

कांग्रेससँग आबद्धता रहेको लोकतान्त्रिक अपांग संघले ३० जिल्लामा संगठन विस्तार गरेको छ। तर संघले हालसम्म महाधिवेशन गर्न सकेको छैन। 

'सुशील’दा अपांगका पक्षमा हुनुहुन्थ्यो' 
अनितालाई स्मरण छ, सुशील कोइराला प्रधानमन्त्री भएको पहिलो दिन लोकतान्त्रिक अपांग संघले शुभकामना प्रदान गर्न चाह्यो। उनले कोइरालालाई सम्पर्क गरिन्। 'हामीले अहिले नै शुभकामना दिन चाहन्छौं भनेपछि उहाँले बालुवाटार नै बोलाउनुभयो,' उनले थपिन्, 'साँझ ७ बजिसकेको थियो। हामी पुग्दा सहजै स्वागत गर्नुभयो र हामीले शुभकामना दियौं।' 

त्यसपछि पनि सम्पर्क गरेका बेला कोइरालालाई भेट्न सहजै भएको उनले बताइन्।

पार्टीका युवा नेताहरुमा अपांगप्रति सहयोगको भावना बढेको उनले महसुस गरेकी छन्। संविधान निर्माण क्रममा गगन थापाले अपांगताबारे आफूसँग सुझाव लिएको समेत उनले सुनाइन्। 

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
मोरङमा जंगलभित्र महिलाको शव फेला
सम्बन्धित सामग्री
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ? महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको... बुधबार, कात्तिक २५, २०८३
सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास भोजनलिपि अभियानले सेलरोटीलाई प्रतियोगितामा सीमित नराखी यसको बनाउने विधि, सामग्री, स्वाद र सांस्कृतिक महत्त्वको अध्ययन तथा अभिलेखीकरण... बुधबार, कात्तिक २५, २०८३
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
मोरङमा जंगलभित्र महिलाको शव फेला शुक्रबार, कात्तिक २७, २०८३
हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना शुक्रबार, कात्तिक २७, २०८३
एनपीएलमा आज दुई खेल, काे काे भिड्दै छन् ? शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्