सर्लाही- सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवामा एक युवकको हत्या गरिएको छ।
बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो। धारिलो हतियारले टाउको क्षतविक्षत बनाएको अवस्थामा घर नजिकै सडकमा शनिबार बिहान महतोको शव फेला परेको छ।
हत्या घटनाबारे बिहान ४ बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए।
नयाँरोड–बरहथवा सडकखण्डबाट हात्तीडण्डातर्फ जाने भित्रीबाटोमा टाउको क्षतविक्षत पारी घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको थियो। जिल्लाकै जिरायतमा निजी विद्यालय सञ्चालन एवं अध्यापनसमेत गर्दै आएका महतोको हत्यामा संलग्नको पहिचानका लागि खोजीकार्य भइरहेको प्रहरी निरीक्षक खैरवारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।