काठमाडौं– माघ १८ गते रिलिज हुने सिनेमा ‘ १०० कडा १०’को अफिसियल पोस्टर सार्वजनिक भएको छ।
भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको सिनेमा ‘ १०० कडा १०’ को सार्वजनिक पोस्टरमा सिनेमाका सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ।
रामशरण पाठकले निर्देशन गरेको फिल्म प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको कथामा आधारित छ।
हास्य अभिनेता मनोज गजुरेलले यही फिल्मबाट नेपाली सिनेमामा डेब्यु गरेका छन्। त्यस्तै नेपाली मुलकी बर्मेली नायिका सोनिया राईले पनि यो फिल्मबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी छन्।

सिनेमामा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, उत्सव न्यौपानेको अभिनय रहेको छ। निर्देशक पाठक आफैंले कथा लेखेका हुन्।
दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमामा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेको लगानी रहेको छ।
नेपालमा भन्दा पहिलो उक्त चलचित्र थाइल्यान्ड र बर्मामा अग्रेजी नयाँ वर्षदेखि प्रदर्शन थालनी गर्ने तयारी भएको निर्माण टिमले बताएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।