काठमाडौं– जिल्ला कारागार कैलालीबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
फरार कैदी सुरज कोलीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार काठमाडौंको सीतापाइलाबाट पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–६ घर भएका कोली जिउ मास्ने बेच्ने मुद्दामा दोषी ठहर भएर कैदी भुक्तान गरिरहेका थिए।
१२ वर्ष कैदको फैसला सुनाइएका कोली ९ वर्ष ३ महिना जेल बसेर २०७३ असोज २० गते कैलाली कारागारबाट फरार भएका थिए। पक्राउ परेका कोलीलाई कैद भुक्तानको लागि कैलाली पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।