काठमाडौं– प्रहरीले काठमाडौंको सामाखुसीबाट लागूऔषध खैरो हेरोइन ३ जना र नागढुङ्गाबाट चरेससहित १ जना गरी ४ जनालाई पक्राउ गरेको छ।
सामाखुसीबाट खैरो हेरोइन ३ ग्रामसहित कैलाली टीकापुर नगरपालिका–१ घर भएकी २१ वर्षीया वर्षा कुँवर, २२ वर्षीय भुवन कार्की र २४ वर्षीय अनिल जोशी पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौं चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट कञ्चनपुर कृष्णपुर नगरपालिका–८ घर भएका २० वर्षीय किरण ऐर पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले लागूऔषध चरेस ५० ग्राम तथा नियन्त्रित लागूऔषध नाइट्रोभेट १ सय २२ एम्पुल, स्पास १६ पिस र डाइलेस २ बोतल बरामद गरेको छ।
कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ७४५९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार किरणले लुकाई–छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।