काठमाडाैं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सुरुदेखि नै लापरबाही गरेको आरोपमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जना प्रहरीलाई कारबाहीको सिफारिस गरिएको छ।
एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको नेपाल प्रहरीको प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए।
कारबाहीको सिफारिस गरिएमा एक एसपी, दुई डिएसपी, तीन इन्सपेक्टर, चार सई, तीन हबल्दार र पाँच जवान परेका छन्।
पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव नजिकैको उखुबारीमा साउन ११ गते फेला परेको थियो।
घटनाको ५ महिना बितिसक्दा पनि सरकारले दोषी भने अझै पत्ता लगाउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।