काठमाडौं– १५ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भएकी छिन्। धादिङ्ग घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मातातिर्थ बस्ने बालिका बुधबार राति बलात्कृत भएकी हुन्।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीको अत्तरिया नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय डब्बल बहादुर बोहोरा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रगिरी नगरपालिका–६ महालक्ष्मीस्थान नजिक बालिकालाई अपरिचित व्यक्तिहरुले त्रास देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।