• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लेडी पाकेटमार : ब्रान्डेड कपडा र लवाइखवाइ, भिआइपीको भन्दा कम छैन बसाइ

जंगेले चलाउँछन् पाँच युवती
64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०७५  १६:२५
1140x725

काठमाडौं- जुटको द, टानको द, कान, रामे... 

कान्तिपुर यातायातभित्र रहेका चार युवती यस्तै शब्द कोडभाषामा गफ गर्छन्। 

हाइलाइट्स हेयर। ग्रन्ज पाइन्ट। आर्मी कलरको ज्याकेट। रातो मफलर। घ्यु कलरको टोपी। मिलेको जिउडाल। राम्रै परिवारमा हुर्किएका शिक्षित युवती जस्ता।

ब्रान्डेड कपडा, आँखामा कालो गगल्स अनि सभ्य बोलीचालीले कसैलाई शंकाको पुट दिँदैन।

कोडभाषा बुझेको प्रहरीलाई उनीहरुको लवाइखवाइले एकछिन ब्याक गराउँछ। गोगंबुदेखि महाराजगन्ज चोकसम्म पछ्याउँदा प्रहरी पनि हो/होइन भन्ने छुट्याउन सक्दैन। 

‘कोडभाषाले हो पक्राउ गर भन्छ, लवाइखवाइ र बोलीचालीले होइन भन्छ,’ एक प्रहरीले सुनाए, ‘हामी केहीबेर दोधारमा पर्यौं।’

जब प्रहरी महाराजगन्ज चोक पुग्छन्। उनीहरुको गतिविधिले प्रमाण फेला पर्दै जान्छ। सिकारी कुकुरझैं हाउभाउ बोलीचाली नियालेको प्रहरीहरु चनाखो भएर त्यो दृश्य हेरिइरहन्छन्।

एक वृद्धलाई चारैतिरबाट घेरा हाल्ने। एउटाले 'मास्टर' भन्ने। अर्काले त्यही बेला वृद्धको खल्तीबाट मोबाइल चोर्ने।

nimb
nimb
Ncell 2
Ncell 2

कोडभाषा बुझिसकेको प्रहरीले तत्काल ती चारै युवती पक्राउ गर्छ। 

बुधबार बिहान ९ बजे महाराजगन्ज चोकसम्मको दृश्य हो।

OOO

बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंले ७७ जना पाकेटमारलाई सार्वजनिक गर्यो। ती ७७ मै परेका थिए यी चार युवती। यिनीहरुको पाकेटमारी धन्दा पनि कम रोचक छैन। उनीहरु पाकेटमारका नाइके जंगेको अन्डरमा रहेर काम गर्छन्।

पाकेटमारको आरोपमा पक्राउ परेका यी युवती हुन्, ललितपुर पाटन मंगलबार बस्ने काभ्रेको पाँचखाल घर भएकी २१ वर्षीया संगीता तामाङ, गोरखाकी सरु भन्ने २० वर्षीया पूर्णमाया श्रेष्ठ, पर्वत घर भई बानियाँटार बस्ने २० वर्षीया सरस्वती कुँवर र सिन्धुपाल्चोक घर भई टोखा बस्ने २० वर्षीया रोशनी तामाङ छन्। 

उनीहरुबाट प्रहरीले पाकेटमारी गरेका ७ वटा मोबाइल बरामद गरेको छ। दुई-तीन वर्षदेखि उनीहरुको पेसा बनेको छ, पाकेटमारी।

जंगेले चलाउँछन् पाँच युवती
पाकेटमार ग्याङले सुनबहादुर तामाङलाई जंगे भनेर बोलाउँछन्। काभ्रेका जंगे पहिला कान्तिपुर यातायातकै गाडी चलाउँथे। तिनै चालक जंगे एक दशकदेखि पाकेटमार ग्याङ चलाउँदै आएका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार जंगेको समूहमा १५ जना पाकेटमार छन्। तीमध्ये पाँच जना युवती छन्। अहिले पक्राउ परेका चार युवती जंगेकै समूहका सदस्य हुन्। एक युवती भने अझै फरार छिन्।

प्रहरीका अनुसार जंगेले आफ्नो समूहमा आबद्ध गर्न पाकेटमारको तालिमसमेत दिने गरेका छन्। कोडभाषादेखि पाकेटमारी गर्ने तरिकासम्म सबैका सूत्रधार जंगे नै हुन्। उनैको आदेश, निर्देशनमा १५ जनाले पाकेटमार गर्दै आएका छन्।

युवती सम्पत्ति जोड्ने, केटा मोज गर्ने 
प्रहरीले बुधबार सार्वजनिक गरेका ७७ पाकेटमारको लवाइखवाइ हेर्दा सबै निकै ब्राण्डेड देखिन्थे। उनीहरु खाइलाग्दा देखिन्थे। पेसा नै पाकेटमारी बनाएका उनीहरुलाई पैसाको लोभ थिएन। 

चोर्ने। ब्रान्डेड कपडा लगाउने। खाने। मोज गर्ने। 

पाकेटमारका भाषा : पुलिसलाई ठुल्दाइ, पैसालाई टानको द, मास्टर भनेपछि पाकेटमारी

प्राय: सबैजसो पाकेटमारी युवकहरुले यसै गर्ने गरेको परिसरका डिएसपी बोगटी बताउँछन्। ‘चोरेर ल्याएको सम्पत्तिको माया हुने कुरै भएन। हेर्नु न त्यहाँ तिनीहरुको लवाइखवाइ,’ उनले ठट्टा गरे, ‘तिनीहरुको छेउमा हामी पो झारेझुरे।’

अधिकांश पाकेटमार युवकहरुले यसैगरी पैसा उडाउने गरेको प्रहरीले जनाएको छ। रेस्टुरेन्ट जाने, युवती घुमाउने, महँगा कपडा लगाउनमै उनीहरुले पैसा सक्ने गरेका छन्।

अझ पक्राउ परेका एक युवक त महँगा होटलमा विदेशी युवतीसँग रात बिताउने र जुवातास खेल्ने गरेकोसम्म पाइएको प्रहरीले जनाएको छ।

तर युवतीहरु भने सम्पत्ति जोड्नेतिर लागेको देखिन्छ। ‘यी चार युवतीलाई पक्राउ गरेपछि यिनीहरुको कोठामा केही छ कि भनेर हामी छापा हान्न गएका थियौं,’ एक प्रहरीले सुनाए, ‘यिनीहरुको बसाइ कुनै भिआइपीको भन्दा कम थिएन।’

उनीहरुको कोठामा महँगा सोफा, दराज, पलङ, कार्पेट, ४०/४२ इन्चका एलइडी टिभी लगायतका सामानले सजिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवतीको स्कुटर पनि छ। पाकेटमारीका पैसा घरतिर पठाउने, लगानी लगाउनेसम्म गर्ने गरेको प्रहरीले जनाएको छ। 

पाकेटमार युवती भने आफ्नै सहकर्मी युवालाई समेत जालमा पारेर पैसा कमाउने तर्फ लाग्ने गरेको ती प्रहरीले बताए।

ब्रान्डेड पहिरन, सुन्दरताको जाल, पिक टाइममा होसियार!
उनीहरुले अफिस समयमा बढीजसो पाकेट मार्ने गरेका छन्। 

बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ७ सम्म पाकेटमारी गर्ने गरेको परिसरका एसएसपी वसन्त लामाले बताए। पिक टाइममा गाडीमा मानिसको चाप अत्याधिक हुने र त्यही मौकामा पाकेट मार्न सजिलो हुने भएकाले यो समयमा बढी पाकेटमारी हुने गरेको छ।

पाकेट मार्न जाने बेला ब्रान्डेड कपडा लगाउने, कालो चस्मा लगाउने, शरीरमा सेन्ट छर्किने गर्छन्। झट्ट हेर्दा जेन्टल जस्तो देखिएर पाकेट मार्न उनीहरुले यस्तो तरिका अपनाउँदै आएका छन्।

अझ युवतीहरुले त आफ्नो सुन्दरताको जालमा पारेर समेत पाकेटमारी गर्ने गरेका छन्। पैसा भएको युवक देखे नजिक हुन खोज्ने, बोलचाल गर्ने र त्यही मौकामा पाकेटमारी गर्ने योजना युवतीहरुको देखिएको छ।

अझ युवतीहरुले विश्वास दिलाउनका लागि आफ्ना बच्चासमेत बोकेर गाडीमा चढ्ने र पाकेटमारी गर्ने गरेका छन्। आफ्नो बच्चा नहुनेले समेत आफन्त तथा दिदीबहिनीको बच्चा बोकेर गाडीमा चढेर पाकेटमार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कारबाही गर्नै गाह्रो, पीडित खोज्दै प्रहरी
प्रहरीले ठूलो संख्यामा पाकेटमार पक्राउ गरे पनि पीडित नभइदिँदा कारबाही गर्न समस्या भएको छ। प्रहरीले पाकेटमारबाट ठूलो मात्रामा मोबाइल, नगद, ल्यापटप, सुनचाँदीका गरगहना बरामद गरेको छ।

उनीहरुलाई चोरी मुद्दामा कारबाही अगाडि बढाउनुपर्ने हुन्छ। तर सामान कसका हुन् भनेर पीडित खोज्नुपर्ने अवस्थामा प्रहरी पुगेको छ। 

‘हामीले ठूलो मात्रामा सामानसहित पाकेटमार पक्राउ गर्यौं। अदालतमा पेस गर्छौं। अदालतले पीडित मगाउँछ। हामीसँग पीडित हुँदैनन्,’ डिएसपी बोगटी भन्छन्, ‘यस्तो अवस्थामा उनीहरु सहजै छुट्न सक्छन्।’

कतिपय अवस्थामा पीडित फेला परे पनि पीडितले आफ्नो सामान लिएर जाने र सम्पर्कमा नआउने भएकाले कारबाही गर्न समस्या भएको प्रहरीको भनाइ छ। पीडित नै नभएको अवस्थामा प्रहरीले सार्वजनिक मुद्दा चलाउँछ। पछि उनीहरु सहजै छुट्दै आएका छन्। 

त्यसैगरी पाकेटमारी गर्नेलाई पहिलो पटक एक महिना जेल तथा बिगो बराबरको जरिवानाको व्यवस्था छ। त्यसैगरी दोस्रो पटक पाकेटमारी गर्नेलाई दुई महिनाको कैद तथा बिगो वमोजिमको जरिवाना कैद अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ। 

फितलो कानुनको फाइदा उठाउँदै पाकेटमारीले पटकपटक पाकेट मार्दै आएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्