काठमाडौं– निर्वाचन आयोगले सरकारका १० सचिव र १४ सहसचिव विदेश भ्रमणमा जान लागेको भन्ने सम्बन्धमा वास्तविकता दुई दिनभित्र खुलाई पठाउन सरकारसँग आग्रह गरेको छ ।
सरकारका उच्च पदस्थ अधिकृत विदेश भ्रमणमा जान लागेको भन्ने जानकारीमा आएको जनाउँदै आयोगले त्यस सम्बन्धमा वास्तविकता के हो रु दुई दिनभित्र जानकारी दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा यही भदौ १४ गते आचारसंहिता जारी गर्दै आयोगले संयुक्त राष्ट्र संघ, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०लगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो ।
राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनु पर्ने नै भए स्वीकृतिका लागि निर्वाचन आयोगमा सहमति माग गर्न पनि आयोगले भनेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।