काठमाडौं– काठमाडौंको दक्षिणकालीमा एक दम्पती मृत भेटिएका छन्।
दक्षिणकाली नगरपालिका–९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको छ।
ब्रोइलर कुखुराको चल्लालाई ताप दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीले निसास्सिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।