काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका-२० बाट प्रहरीले ६ बोरा ११ पोका अवैध मरिचसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अरबिन्द कुमारकी श्रीमती कविता कुमारी साहको नाममा दर्ता भई सञ्चालन भएको कस्मेटिक र किराना पसलबाट उक्त परिमाणको मरिच बरामद गरेको हो।
मरिचसहित भारत बिहार नागारोड बस्ने २१ वर्षका 'वैभवराज' भनिने भोला चौरसियालाई प्रहरीले पक्राउ गरेको छ। उक्त मरिच भारततर्फ तस्करी हुन लागेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।