काठमाडौं– प्रहरीले भिन्दा-भिन्दै ठाउँबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला समेत छन्।
काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट लागुऔषध डाइजेल्याब ५ सय एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित सोमबार ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरुमा काठमाडौं पुतलीसडक बस्ने २४ वर्षीया मेरीना तिवारी, काठमाडौं जैसीदेवल बस्ने २७ वर्षीया सारिका श्रेष्ठ र भारत पूर्वी चपारण मोतिहारी घोडासैनथाना, अमुवा ग्राम बस्ने २१ वर्षीय विकास कुमार कुशवाह रहेका छन्।
यसैगरी, सर्लाही चन्द्रनगर गाउँपालिका-२ बस्ने ५० वर्षीय तुलसी साहलाई अवैध लागुऔषध गाँजा २ किलोसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनकै घरमा लुकाईछिपाई राखेको उक्त लागुऔषधसहित प्रहरी चौकी मोहनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
त्यसैगरी सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-१ मा भारत दरभङगा शिवंकरपुर-८ बस्ने २५ वर्षीय विकीकुमार रायलाई नियन्त्रित लागूऔषध ऐन्जिक १३ थान, स्पास्मो प्रोक्स १२ थान, ईरजे १ थान र नाईट्रोभेट २ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
उता म्याग्दी बेनी नगरपालिका-८ बसपार्कबाट उदयपुर कटारी नगरपालिका-१० घर भएका २४ वर्षीय आर्यन कार्कीलाई नियन्त्रित लागुऔषध नुर्फिन २४ एम्पुल, फेनारागन २४ एम्पुल, डाइजेपाम २४ एम्पुल र लागूऔषध प्रयोग गर्ने सिरिन्ज १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।