विराटनगर– उदयपुरको कटारी नगरपालिका–१ बाट प्रहरीले सोमबार लागूऔषध र मोटरसाइकल बरामद गरेको छ।
प्रहरी चौकी बेलसोत र ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा सिरहाको मिर्चैयाबाट कटारी जाँदै गरेको को३४प ६८४५ नम्बरको मोटरसाइकल र झोलामा रहेको नाइट्राभेट, डाइलेक्स डिसीलगायतका लागूऔषध नियन्त्रणमा लिएको हो।
मोटरसाइकलमा सवार व्यक्ति भने फरार भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।