काठमाडौं– पर्सामा प्रहरी र तस्कर समूहबीच गएराति झडप भएको छ। झडपमा ३ प्रहरी घाइते भएका छन्।
नेपालबाट भारततर्फ हुने गरेको डिजेल, पेट्रोल तस्करी रोक्न खोज्दा तस्करको समूहले प्रहरीमाथि आक्रमण गरेको २ नम्बर प्रदेशका डिआइजी हरि पालले जानकारी दिए।
तस्करी रोक्न पाडेपुर प्रहरी चौकीबाट खटिएको प्रहरीमाथि तस्करले आक्रमण गरेका थिए। आक्रमणबाट चौकी प्रमुख असई विसुनदेवा यादव, हवल्दार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरी घाइते भएका छन्।
आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।