• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

शासकलाई हरियो चस्मा

हरि न्यौपाने 'निराकार' मंगलबार, पुस ३, २०७५  १२:०१
1140x725

सानोमा सुनेको कथा : एकादेशका एक प्रतापी राजाले एक्कासि आँखा कम देख्न थालेछन्। आफ्ना देवता समान राजाको आँखाको ज्योति गुम्ने भो भनेर प्रजालाई पर्नु पिर परेछ। राजाको उपचारको खोजीमा प्रजाहरु दुर-दुरसम्म पुगेछन। 

यत्तिकैमा एक जना महात्माले राजाले एक वर्षसम्म हरियो रङ मात्रै हेर्ने हो भने आँखाको ज्योति फर्कन सक्ने उपाय सुझाएछन्। राजालाई अन्धो हुनबाट बचाउन जनताले सारा देशलाई हरियाली बनाएछन्। घरका भित्तादेखि सडकसम्म मात्र नभई  वस्त्रदेखि भोजनसम्म हरियो बनाएर राजाको ज्योति फिर्तीको कामना गरेछन्। त्यत्तिकैमा एकदिन उनै सुझाव दिने महात्मा राजाको स्थिति बुझ्न आउँदा देशभर हर कुरा हरियो देखेर छक्क परेछन्। भनेछन्, 'हरियो सिसा भा'को चस्मा लगाइदेको भए भइहाल्थ्यो नि!'

राजतन्त्रात्मक राज्यव्यवस्था भएको कालखण्डमा बालकथाका रुपमा सुनेको यो कथाको वास्तविक अर्थ यो पंक्तिकारले गणतन्त्रमा आएपछि मात्र बुझ्यो।

प्रतापी, जनप्रेमी, विद्वान, वीर आदि-इत्यादि सच्चा अलंकार बोकेका शासकको सेवाका निम्ति जनता जे पनि गर्न तयार हुने सन्देश माथिको कथाबाट पाउन सकिन्छ।  सच्चा शासक प्रजाका आस र भरोसा हुन्। उनीहरुको दीर्घायु देश र जनताकै हितमा हुने गर्दछ। कवि चक्रपाणि चालिसेद्वारा रचित पुरानो राष्ट्रगानमा '…प्रचण्ड प्रतापी भूपति ...राखून् चिरायु इशले...' भन्ने हरफहरु पढ्न पाइन्थ्यो। भलै उस बेलाका शासक प्रचण्ड प्रतापी थिए कि थिएनन्, त्यो इतिहासले व्याख्या गर्ने कुरा हो। कविताको सार भनेको राजनेता धेरै बाँचून र देश र जनतामाझ लोकप्रिय भइरहून् भन्ने हो। लोकतन्त्रको आगमनसँगै राष्ट्रिय गान मात्र परिवर्तन भयो, तर नेताका आचरण परिवर्तन भएनन्। जनतालाई दास र आफूलाई मालिक सम्झने सोच थपक्कै सरुवा रोग जसरी पुरानाबाट नयाँमा सर्‍यो।

जनतामा शासकहरु प्रतिको अलोकप्रियता र निराशा यति चुलिँदै गएको छ कि कुनै नेताले उपचारका लागि सरकारबाट आर्थिक सहायता पाउँदा पनि त्यसको ठूलो विरोध हुने गर्दछ। 'असक्षम, नैतिकताहीन, भ्रष्ट नेताको उपचार हामीले किन बेहोर्ने?' भन्ने प्रश्न उठ्नु भनेको 'तिमी जस्ता नेता मर वा बाँच, हामीलाई के मतलब?' भन्न खोजिएको हो। यो जनताको नैराश्य र दिग्दारीको प्रदर्शन हो। 

कुनै नेता बाँच्नु वा मर्नुले उनीहरुको जिन्दगीमा कुनै असर पर्दैन भन्ने बुझाइ हो। आजभोलि कुनै नेता अस्पतालको बेडमा पुगेको समाचार आयो भने 'मरे हुन्थ्यो' भन्ने खालका भद्दा मजाक सामाजिक सञ्जालमा छताछुल्ल हुने गरेका छन्। ती सञ्जाल नेताप्रतिको नकारात्मक धारणाले भरिन थालेका छन्। आवेगमा आएर मनका कुण्ठाहरु पोख्दा सञ्जालहरु अभद्र बन्दै गएका छन्। नेपालीहरुमा सामान्य मानवीय संवेदना पनि हराउँदै गएको हो कि भन्ने भान हुन थालेको छ।

कुरा गरौं प्रचण्ड पुत्र प्रकाश दहालको। करिब एक वर्षपहिले उनको देहावसान हुँदा सामाजिक सञ्जाल मिश्रितखाले विचारले भरिएका थिए। मृत्युमा प्रकाशलाई समवेदना र परिवारलाई सान्त्वना दिनेदेखि जनयुद्धमा मारिएका निर्दोष व्यक्तिको पाप प्रचण्डले भोगेकोसम्म चर्चा चलेको थियो। पुत्र वियोगको पीडा एक पितालाई कति हुन्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न सकिँदैन। र, यस्तै पीडामा भएका पितालाई 'पापको फल भोग' भनेर दिइने प्रतिक्रियाले सतही रुपमा आम नेपालीको संवेदना   कुन हदसम्म गिरेको छ भन्ने प्रस्ट पार्दछ। 

के नेपालीहरु असंवेदनशील बन्दै गएका हुन् त? यो कुरा पूर्ण रुपमा साँचो भने होइन।  बाउ बाजेदेखि सामन्ती राज्यव्यवस्थाका विरुद्ध लड्दै आएका नेपालीको वंशाणु पनि थाकिसकेको छ। हरेक पटकका सफल क्रान्तिहरु केही नवसिर्जित समूहको दुनो सोझ्याउन मात्र प्रयोग भएको देखिन्छ। आस गरिएकाहरु दिनरात ती आसलाई कसरी निमोठ्न सकिन्छ भन्ने कुरामा तल्लीन भएको देख्दा आम जनताबाट असामाजिक व्यवहार देखिनु जायज नै हो। धैर्यको बाँधलाई सधैभरि आदर्शका खम्बाहरुले थेग्न सक्दैन। र, उर्लिएको भेललाई बहाबको नियम पनि त थाहा हुँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

चरम निराशाको भुमरीमा पिल्सिइरहँदा पनि प्रजाले आफ्नो गुणगान गाइरहून् भन्ने बेतुकको इच्छा पालेर बस्ने वर्तमान सरकार जनताको के बितिरहेको छ भन्ने कुरामा चाहिँ बिल्कुल उदास छ।

जनताको आक्रोश प्रचण्डसँग मात्र छैन, सरकार र प्रतिपक्षमा रहेका अधिकांश नेताहरुबाट नेपाली जनता क्षुब्द छन्। उनीहरु विकल्परहित राजनीतिक अवस्थाबाट गुज्रिरहेका छन। जहाँ सरकार दिनरात कसरी जनताका कन्सिरी तताउने भन्ने कुरामै व्यस्त भइराखेको छ भने प्रतिपक्ष 'इँजार नभएको कट्टु' लगाएझैं आफ्नो लाज छोप्नमै मस्त छ। नैतिकवान् नेताको उदाहरण दिनुपर्दा पनि बाउबाजेका पालाका नेताको नाम मात्र लिनुपर्ने अवस्था छ। जनताले चुनावमा भोट हाल्दासम्म पनि 'कुन चाहिँ बढी राम्रो' भन्दा पनि 'कुन चाहिँ कम नराम्रो' भनेर सोच्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको छ। विकल्परहित अवस्थामा हामी तुलनात्मक रुपले कम नराम्रालाई शासकका रुपमा छान्ने गरेका छौं।

वर्तमान सरकार आफ्नो दुई तिहाई जनादेशलाई आफ्नो लोकप्रियता सम्झन्छ। तर त्यसलाई अरु कसैको अलोकप्रियताका कारण आर्जित जनादेश मान्दा बढी उपयुक्त ठहरिन्छ। तैपनि सधैं अल्पमतको सरकार देखेका नेपालीमा दुई तिहाई बहुमतको सरकारसँगै नयाँ आशा पलाएका थिए। तर सत्तारोहणको वर्ष दिन पनि नपुग्दै ती आशा थलिएका छन। वर्तमान सरकारको रवैया र उच्छृंखलताको कुनै बयान गरिसाध्य छैन। योभन्दा पहिलेका सरकारका नालायकीपन त 'अल्पमत माथिको दबाब' भनेर चित्तसम्म बुझाउने ठाउँ हुन्थ्यो। तर अहिले नेपालीका सामु चित्त बुझाउने ठाउँ छैन। न त कुनै गतिलो विकल्प नै। यस्तो परिस्थितिमा पनि अधिकांश समय धैर्य नगुमाई बस्नु नेपाली जनताको महानता हो। नेताले जनता चाहिँ राम्रा पाए, तर जनताले नेता राम्रा पाएनन्।

एक कार्यक्रममा वर्तमान सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले 'सरकारलाई कमजोर बनाउने खेल सुरु भएको' जिकिर गरेका थिए। हो, सरकारलाई कमजोर बनाउने खेल सुरु भएको छ, तर उक्त खेलको उद्घाटन स्वयं सरकारले गरेको हो। समृद्धि र सुशासनको नारा लिएर चुनावमा होमिएको पार्टी दुई तिहाईको जनमतसँगै सरकारमा पुग्दा कृपावाद र भ्रष्टाचारमा चुर्लुमै डुबेको छ। अपारदर्शी कामकारबाही, अलोचनात्मक प्रतिक्रियाप्रतिको रुष्टता र उपेक्षित हुँदै गएको जबाफदेहीताले गर्दा सरकारको साख दिन प्रतिदिन गिर्दै गएको छ। जनस्तरबाट उठ्ने गुनासालाई 'प्रतिपक्ष र विदेशी शक्तिको चलखेल'का नाममा निस्तेज पार्न खोज्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु बराबर हो। सरकार आफैले आफूलाई कमजोर बनाउने खेलको रिबन काटेर उद्घाटन गर्दै छ। अरुले त उद्घाटनको माहोलमा थपडी मात्र पिटेका हुन्।

जनताले दिनदिनै भोग्नुपर्ने तमाम पीडाको कुनै पनि सुनुवाइ नहुँदा यो पंक्तिकारको मनमा एउटा कुरा खट्किइरहन्छ, 'किन कोही नेता 'हुनुपर्ने गुणको' अनिकाल हुँदा पनि शासक बन्ने इच्छा राख्दछ?'

चरम निराशाको भुमरीमा पिल्सिइरहँदा पनि प्रजाले आफ्नो गुणगान गाइरहून् भन्ने बेतुकको इच्छा पालेर बस्ने वर्तमान सरकार जनताको के बितिरहेको छ भन्ने कुरामा चाहिँ बिल्कुल उदास छ। जलस्रोतको धनी देशमा लोडसेडिङको अन्त्य हुँदा त खुसीले बाह्र हातमाथि उफ्रने नेपालीलाई खुसी बनाइराख्न ठूलो केही गर्नै पर्दैन। सामान्य  कुरामा पनि बेहद खुसी हुने हामी नेपालीलाई सानोतिनो खुसी त बाटो कालोपत्रे हुँदा, लाइन नलागी राजस्व तिर्न पाउँदा, शनिबारका दिन दुई बाल्टिन पानीले नुहाउन पाउँदा, सार्वजनिक यातायातमा सिटमा बसी सम्मानजनक रुपमा यात्रा गर्न पाउँदा, ट्याक्सीमा चढ्दा मिटरमा उठेको पैसा दिन पाँउदा नै लाग्ने गर्दछ। तर जनताले दिनदिनै भोग्नुपर्ने तमाम पीडाको कुनै पनि सुनुवाइ नहुँदा यो पंक्तिकारको मनमा एउटा कुरा खट्किइरहन्छ, 'किन कोही नेता 'हुनुपर्ने गुणको' अनिकाल हुँदा पनि शासक बन्ने इच्छा राख्दछ?'

अभद्र, निरंकुश र संवेदनाहीन शासकको विकल्प जहाँ पनि खोजिन्छ। त्यस्तै शासकको विकल्प खोज्दाखोज्दै हामीले धेरै पुस्ता गुमायौं तर पनि चाहेजस्तो शासक कहिल्यै पाएनौं। किनकि हामी नेपाली चाँडै खुसी हुने र विश्वास गरिहाल्ने प्राणी हौं। हामीले धरातलबिना गरिएका प्रतिबद्धता पूरै पत्याइदिन्छौ। नेताले हिजो गरेको गल्ती सबै  बिर्सिदिन्छौं। कसैले हजारको माललाई दुई हजार भनी पाँच सय घटाइदिँदा दङ्ग पर्ने हामी नेपाली, जबसम्म कतै ठगिइराखेका त छैनौं भन्ने चेत आउँदैन तबसम्म हामीले पाउने शासकमा कुनै परिवर्तन आउने छैन।

इतिहास हेर्ने हो भने निरंकुश र अभद्र तानाशाह जनताबाटै रेटिएका उदाहरण प्रशस्त छन्। मृत्युदण्डको सजाय नभएको हाम्रो मुलुकमा कोही शासकलाई सायद जनताबाट रेटिनु नपर्ला तर सामाजिक उपेक्षा र निन्दाले भने पक्कै रेटिनेछन्। सामाजिक सञ्जालमा देखिएको जनताको उकुसमुकुस सरकारको रवैयाप्रतिको खबरदारी हो। ती सञ्जाल ऐना हुन, जहाँ कुनै नेताले आफ्नो चरित्र दुरुस्तै देख्न पाँउछ। ती जतिसुकै अभद्र र असंवेदनशील होऊन, त्यो जनताको आक्रोश र निराशाको प्रदर्शन हो। यसलाई सरकारले जति सक्दो चाँडो साम्य पार्दा राम्रो, नत्र नेपालीलाई विकल्प खोज्न कुनै तिथि हेरिराख्नु पर्दैन।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्