काठमाडौं– साङ्केतिक भाषाको प्रयोग गरी सार्वजनिक सवारी साधनका यात्रुको पाकेट मार्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चक्रपथ रुटमा चल्ने विभिन्न सवारी सधानमा यात्रा गर्ने यात्रुको पाकेट मार्दै आएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग गोङ्गबुबाट सादा पोशाकमा खटिएको प्रहरीले बसुन्धराबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका अभियुक्तको कोठा खानतलासी गर्दा रु ७० हजार ५ सय, भारतीय रुपैयाँ पाँच हजार ५ सय, लागूऔषध गाँजा र विभिन्न कम्पनीका ३० थान मोबाइलसमेत बरामद गरेको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।