जनकपुर– महाेत्तरीकाे बर्दिवास नगरपालिका– ४ माईस्थानकी १४ वर्षीया बालिकालाई बलत्कार गरेकाे अाराेपमा साेही ठाउँ बस्ने १८ वर्षीय रविशंकर क्याप्छाकी मगर पक्राउ परेका छन्।
विवाह गर्ने प्रलोभन देखाएर राति जंगलमा लगी बालिकालाई बलत्कार गरेकाे अाराेपमा मगरलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी खगेन्द्र खड्काले दिएको जानकारी अनुसार प्रेमको जालमा पारी मंसीर २९ गते जंगलमा लगेर बलत्कार गरेको पीडित परिवारजनको उजुरीको आधारमा गिरफ्तार गरी जबरजस्ती करणीको मुद्दा चलाइएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वर्दिवास अस्पतालमा गरिएको छ ।
’रातभरि बालिकामाथि जर्बजस्ती करणी गरेर युवक जंगलमै छोडेर भागे,’ प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष मिन रहपालले भने, ’आरोपी युवालाई बर्दिबासको जंगल एरियाको खयरमारबाट पक्राउ गरेर प्रहरीमा बुझाएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।