काठमाडौं– टोखा नगरपालिका–८ मिलनटोलमा एक महिलाको हत्या भएको छ। हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ।
मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको आइतबार राति हत्या भएको थियो। उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।

हत्या गरिएकी अजिता मल्ल शाही
उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
धर्मराज शाहीकी जेठी श्रीमती विष्णुमायाले कान्छी श्रीमती अजिताको हत्या गरेकी हुन्। आफूमाथि सौता हालेको र खान लगाउन नदिएको रिसमा हत्या गरेको विष्णुमायाले प्रहरीसमक्ष स्वीकार गरेकी छिन्।
हत्या अरोपमा विष्णुमायासँगै उनकी बहिनी मुगुको छाँयानाथ रारा नगरपालिका–१ की २६ वर्षीय भगवती मल्ल, भदा मुगुकै छाँयानाथ रारा नगरपालिका–१ का २१ वर्षीय गण्डिपराज मल्ल र गण्डिपराजकी प्रेमिका कास्कीको लेखनाथ महानगरपालिका–८ की २३ वर्षीय रीता केसी पक्राउ परेका छन्। उनीहरु सबैले हत्या आफूहरुले गरेको स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।