काठमाडौं– लागू औषध चरेस र खैरो हिरोइनसहित छुट्टाछुट्टै स्थानबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट थाई एयरको उडानद्वारा बैंकक जान लागेका राहदानी नम्बर एजी ७५१८९० बाहक क्यानेडियन नागरिक ६१ वर्षीय टेनडेनिस लिएजलाई ३ किलो चरेससहित प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
उनलाई हेण्डब्यागमा लुकाएर चरेस बैंकक लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड घर भई तुलसीपुरकै टरीगाउँमा होटल सञ्चालन गरी बस्ने ४० वर्षीया शान्ता गिरीलाई खैरो हेरोइन ६ सय मिलीग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।