काठमाडौं- प्रहरीले तीन किलो चरेससहित आइतबार एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।
त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेससहित ६१ वर्षीय क्यानेडियाली नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेस लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।