• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यसरी बस्छन् पाकिस्तानमा हिन्दुहरु

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ४, २०७४  ०५:५९
1140x725

सबैलाई अचम्म लाग्न सक्ला, मुसलीम अतिवादले गाँजेको पाकिस्तानमा यसपालि हिन्दुहरुको दोस्रो ठूलो चाँड तिहारको उत्सव धुमधाम मनाइयो। केही दिन यतादेखि यो खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित भइरहेको छ।  

१५ सय वर्ष पुरानो कराचीको श्रीपञ्चमुखी हनुमान मन्दिर पनि बिहिबार बेहुली झै सिङ्गारिएको थियो। तिहारको अवसर पारेर मन्दिरका महन्त श्रीरामनाथ महाराजले विशेष पुजाको आयोजना गरेका थिए। जसमा स्थानीय सबै जातिका स्थानीय उपस्थित थिए। 

रामनाथ महाराजको परिचय पञ्चमुखी हनुमान मन्दिरको महन्तका रुपमा मात्र पाकिस्तानमा सिमित छैन, उनी पाकिस्तानको हिन्दु महासंघका अध्यक्ष र कराचीस्थित मसानघाट संघका प्रमुख पनि हुन्। त्यसैले कराचीमा उनको राम्रो छाप छ। 

गत महिना काठमाडौंमा एउटा कार्यक्रममा भाग लिन आएका रामनाथ भन्दै थिए, ‘पाकिस्तानको जमुरियत परिवर्तन हुँदैछ। यसको असर विस्तारै देखिन थालेको छ।’

नभन्दै, यसपालि तिहारमा पाकिस्तानको हिन्दुवस्तीमा बत्तिको झिलिमिलि धनिभूतरुपमा देख्न पाइयो। हाल कराचीमा रहेका रामनाथ महाराजले टेलिफोनबाट नेपाल लाइभलाई जानकारी दिए, ‘सबै राजनीतिक दलका नेताहरुले आफ्नो स्थानीय प्रतिनिधिमार्फत तिहारको शुभकामना पठाएका छन्। निकै खुसी लाग्यो।’

रामनाथ महाराज तिनै महन्त हुन्, जसले सन् १९४७ मा भारत–पाकिस्तान टुँक्रिदा पाकिस्तानमा मारिएका हिन्दुहरुको १ सय ६० अस्तु जम्मा पारेका थिए। उनले हिन्दुहरुको त्यो अस्तु २०११ मा भारतको हरिद्धारस्थित जमुनाको तटमा विसर्जन गराएका थिए। 

पाकिस्तानकाे कराचीमा यसपालि हिन्दुहरुकाे घरमा मनाईएकाे तिहार। तस्विर एजेन्सी

Ncell 2
Ncell 2
nimb
nimb

उनलाई त्यति बेला पाकिस्तानमै यी अस्तुहरु संकलन गर्न महाभारत भयो। यसमा पनि भारत सरकारले तत्कालै भिषा उपलब्ध नगराउँदा उनले ४ वर्ष अड्डा अदालतको ढोका ढकढकाउनु पर्यो। 

‘पाकिस्तानी हिन्दुभन्दा पहिले शंकाको दृष्टिकोणले हेरियो। अहिले पनि भिषा उपलब्ध गराउन आनाकानी गर्छन,’ भारत–पाकिस्तानबीचको राजनीतिक गतिरोधका कारण असहज महसुस गरेका ४० वर्षीय महाराज भन्छन्। 

रामनाथ महाराजले कराचीमा कब्जा गरिएको ४ सय वर्ष पुरानो मसानघाटलाई २००१ मा फर्काउन लामो कानुनी लडाइँ लडेका थिए। पहिले उनको कुरालाई राज्यले नजरअन्दाज गरेको थियो। तर, अहिलेस्थिति ठ्याक्कै उल्टिएको छ। गत तिहारमा उनको मन्दिरमा दुध र पानी चढाउन पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोका छोरा विलावल भुट्टो स्वयम् उपस्थित भएका थिए। 

हाल भ्रष्टाचारको मुद्धामा जेल सजाय तोकिएका पूर्व प्रधानमन्त्री नवाज सरिफको समूह पनि उनको मन्दिरमा आइरहन्छ। अझ, पाकिस्तानी आर्मी प्रमुख क्वामर जावेद वाजवाले उनलाई ठूलो सम्मान दिने गरेका छन्। वाजवा पनि कराचीका स्थानीयवासिन्दा हुन भने पञ्जावी जाट परिवारबाट सम्बन्ध राख्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिन्धका गर्भनर मोहम्मद जुबेर उमर पनि आफ्नो श्रीमतीसँगै उनको मन्दिरमा पुजा गरेर फर्किसकेका छन्। 

रामनाथ महाराजको यो अनुभव पढेपछि सबैमा कौतुहलता जाग्नु स्वभाविक हो, मुसलीम अतिवाद भएको पाकिस्तानमा आखिर त्यस्तो के भयो? पछिल्लो केही वर्षयता हिन्दुहरुका लागि माहौल सहज बन्दै गइरहेको छ। 

यस विषयमा महाराज भन्छन्, ‘पछिल्लो समय पाकिस्तानमा हिन्दुहरुको संख्या बढ्दो छ। अहिले पाकिस्तानमा ३० लाखको हाराहारीमा हिन्दु रहेको अनुमान गरिएको छ। यति बेला हिन्दु मतदाता मात्र १९ देखि २० लाखको हाराहारीमा होलान।’

उनी भोटको राजनीतिका कारण हिन्दु सम्प्रदायलाई हेर्ने दृष्टिकोणमा बदलाव आउन थालेको बताउँछन्। ‘पहिले त हामी सुरक्षाका लागि सबैजना एकै ठाउँमा गुजमुजिएर बस्थ्यौं। अहिले भिन्न भिन्न ठाउँमा पनि हिन्दुहरु छरिएर बस्न थालेका छन्,’ उनले भने। 

पाकिस्तानमा सबैभन्दा धेरै हिन्दुहरु सिन्ध प्रान्तमा बसोबास गर्छन्। त्यहाँ हिन्दुहरुको बसोबास १४ लाखको हाराहारीमा पुगिसकेको अनुमान गरिन्छ। यस्तै, कराचीमा ४ लाख, बलुचिस्तानमा एक लाख, खैबर पख्तुन र पेशावरमा गरेर करिब २ लाखको हाराहारीमा हिन्दुहरु बसोबास गर्ने गरेको अनुमान छ।

‘१० वर्षयता हिन्दुलाई महत्व दिन थालिएको हो। अहिले थुप्रै पार्टीको नारा छ, हम सब कि पहिचान पाकिस्तान’, उनले भने। 

उनी पाकिस्तानमा १० वटा हिन्दु शक्तिपीढ भएको दावी गर्छन्। तर, खुल्ला २ वटा मात्र छ– बलुचिस्तानमा रहेको हिङ्लाज माता मन्दिर (सतिदेवीको गर्दन खसेको ठाउँ) र कराचीमा रहेको शिव–भवानी मन्दिर (सतिदेवीको आँखा खसेको ठाउँ)।

जग्गा विवाद र हिन्दु धर्मलाई हेर्ने मुसलीम चश्माका कारण विगतमा आफूहरुले न्याय पाउन नसकेको उनको दावी थियो। तर, परिवर्तित सन्दर्भमा पाकिस्तानमा हिन्दुहरुले पाउन थालेको महत्वका कारण केही आशा पलाएको उनको ठहर छ। 

‘पाकिस्तानमा मात्र १ हजारको हाराहारीमा मन्दिर छन्। यसमा ३ सय खुलेको छ। हाम्रो पहल सबै खुल्न पर्छ भन्ने हो,’ उनी भन्छन्। 

उनी अहिले पाकिस्तानमा अर्को अभियानमा पनि जुटेका छन्। जसरी नेपालमा मुसलीम धर्मावलम्बीहरुलाई मक्का–मदिनाको तीर्थ यात्राका लागि सरकारले बजेट छुट्याउने गरेको थियो, त्यसरी नै पाकिस्तान सरकारले पनि त्यहाँ रहेको गरिब हिन्दुहरुलाई चारधाम घुमाउने अभियान सुरु गरोस्। 

‘हामी यसका लागि ४ वर्षदेखि प्रयासरत छौं। तर, सरकारबाट कुनै निर्णय भएको छैन्’, उनले भने। उनी एकतामा ठूलो बल हुने बताउँछन् र विश्वभरी छरिएर रहेका हिन्दुहरुले आफ्नो धर्मको विषयमा वकालत गर्न सुझाव दिन्छन्। यसले पाकिस्तानमा रहेका हिन्दुहरुमा आत्मबल आउने उनको ठम्याई छ।  

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्