• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यसरी बस्छन् पाकिस्तानमा हिन्दुहरु

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ४, २०७४  ०५:५९
1140x725

सबैलाई अचम्म लाग्न सक्ला, मुसलीम अतिवादले गाँजेको पाकिस्तानमा यसपालि हिन्दुहरुको दोस्रो ठूलो चाँड तिहारको उत्सव धुमधाम मनाइयो। केही दिन यतादेखि यो खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित भइरहेको छ।  

१५ सय वर्ष पुरानो कराचीको श्रीपञ्चमुखी हनुमान मन्दिर पनि बिहिबार बेहुली झै सिङ्गारिएको थियो। तिहारको अवसर पारेर मन्दिरका महन्त श्रीरामनाथ महाराजले विशेष पुजाको आयोजना गरेका थिए। जसमा स्थानीय सबै जातिका स्थानीय उपस्थित थिए। 

रामनाथ महाराजको परिचय पञ्चमुखी हनुमान मन्दिरको महन्तका रुपमा मात्र पाकिस्तानमा सिमित छैन, उनी पाकिस्तानको हिन्दु महासंघका अध्यक्ष र कराचीस्थित मसानघाट संघका प्रमुख पनि हुन्। त्यसैले कराचीमा उनको राम्रो छाप छ। 

गत महिना काठमाडौंमा एउटा कार्यक्रममा भाग लिन आएका रामनाथ भन्दै थिए, ‘पाकिस्तानको जमुरियत परिवर्तन हुँदैछ। यसको असर विस्तारै देखिन थालेको छ।’

नभन्दै, यसपालि तिहारमा पाकिस्तानको हिन्दुवस्तीमा बत्तिको झिलिमिलि धनिभूतरुपमा देख्न पाइयो। हाल कराचीमा रहेका रामनाथ महाराजले टेलिफोनबाट नेपाल लाइभलाई जानकारी दिए, ‘सबै राजनीतिक दलका नेताहरुले आफ्नो स्थानीय प्रतिनिधिमार्फत तिहारको शुभकामना पठाएका छन्। निकै खुसी लाग्यो।’

रामनाथ महाराज तिनै महन्त हुन्, जसले सन् १९४७ मा भारत–पाकिस्तान टुँक्रिदा पाकिस्तानमा मारिएका हिन्दुहरुको १ सय ६० अस्तु जम्मा पारेका थिए। उनले हिन्दुहरुको त्यो अस्तु २०११ मा भारतको हरिद्धारस्थित जमुनाको तटमा विसर्जन गराएका थिए। 

पाकिस्तानकाे कराचीमा यसपालि हिन्दुहरुकाे घरमा मनाईएकाे तिहार। तस्विर एजेन्सी

Ncell 2
Ncell 2

उनलाई त्यति बेला पाकिस्तानमै यी अस्तुहरु संकलन गर्न महाभारत भयो। यसमा पनि भारत सरकारले तत्कालै भिषा उपलब्ध नगराउँदा उनले ४ वर्ष अड्डा अदालतको ढोका ढकढकाउनु पर्यो। 

‘पाकिस्तानी हिन्दुभन्दा पहिले शंकाको दृष्टिकोणले हेरियो। अहिले पनि भिषा उपलब्ध गराउन आनाकानी गर्छन,’ भारत–पाकिस्तानबीचको राजनीतिक गतिरोधका कारण असहज महसुस गरेका ४० वर्षीय महाराज भन्छन्। 

रामनाथ महाराजले कराचीमा कब्जा गरिएको ४ सय वर्ष पुरानो मसानघाटलाई २००१ मा फर्काउन लामो कानुनी लडाइँ लडेका थिए। पहिले उनको कुरालाई राज्यले नजरअन्दाज गरेको थियो। तर, अहिलेस्थिति ठ्याक्कै उल्टिएको छ। गत तिहारमा उनको मन्दिरमा दुध र पानी चढाउन पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोका छोरा विलावल भुट्टो स्वयम् उपस्थित भएका थिए। 

हाल भ्रष्टाचारको मुद्धामा जेल सजाय तोकिएका पूर्व प्रधानमन्त्री नवाज सरिफको समूह पनि उनको मन्दिरमा आइरहन्छ। अझ, पाकिस्तानी आर्मी प्रमुख क्वामर जावेद वाजवाले उनलाई ठूलो सम्मान दिने गरेका छन्। वाजवा पनि कराचीका स्थानीयवासिन्दा हुन भने पञ्जावी जाट परिवारबाट सम्बन्ध राख्छन्। 

सिन्धका गर्भनर मोहम्मद जुबेर उमर पनि आफ्नो श्रीमतीसँगै उनको मन्दिरमा पुजा गरेर फर्किसकेका छन्। 

रामनाथ महाराजको यो अनुभव पढेपछि सबैमा कौतुहलता जाग्नु स्वभाविक हो, मुसलीम अतिवाद भएको पाकिस्तानमा आखिर त्यस्तो के भयो? पछिल्लो केही वर्षयता हिन्दुहरुका लागि माहौल सहज बन्दै गइरहेको छ। 

यस विषयमा महाराज भन्छन्, ‘पछिल्लो समय पाकिस्तानमा हिन्दुहरुको संख्या बढ्दो छ। अहिले पाकिस्तानमा ३० लाखको हाराहारीमा हिन्दु रहेको अनुमान गरिएको छ। यति बेला हिन्दु मतदाता मात्र १९ देखि २० लाखको हाराहारीमा होलान।’

उनी भोटको राजनीतिका कारण हिन्दु सम्प्रदायलाई हेर्ने दृष्टिकोणमा बदलाव आउन थालेको बताउँछन्। ‘पहिले त हामी सुरक्षाका लागि सबैजना एकै ठाउँमा गुजमुजिएर बस्थ्यौं। अहिले भिन्न भिन्न ठाउँमा पनि हिन्दुहरु छरिएर बस्न थालेका छन्,’ उनले भने। 

पाकिस्तानमा सबैभन्दा धेरै हिन्दुहरु सिन्ध प्रान्तमा बसोबास गर्छन्। त्यहाँ हिन्दुहरुको बसोबास १४ लाखको हाराहारीमा पुगिसकेको अनुमान गरिन्छ। यस्तै, कराचीमा ४ लाख, बलुचिस्तानमा एक लाख, खैबर पख्तुन र पेशावरमा गरेर करिब २ लाखको हाराहारीमा हिन्दुहरु बसोबास गर्ने गरेको अनुमान छ।

‘१० वर्षयता हिन्दुलाई महत्व दिन थालिएको हो। अहिले थुप्रै पार्टीको नारा छ, हम सब कि पहिचान पाकिस्तान’, उनले भने। 

उनी पाकिस्तानमा १० वटा हिन्दु शक्तिपीढ भएको दावी गर्छन्। तर, खुल्ला २ वटा मात्र छ– बलुचिस्तानमा रहेको हिङ्लाज माता मन्दिर (सतिदेवीको गर्दन खसेको ठाउँ) र कराचीमा रहेको शिव–भवानी मन्दिर (सतिदेवीको आँखा खसेको ठाउँ)।

जग्गा विवाद र हिन्दु धर्मलाई हेर्ने मुसलीम चश्माका कारण विगतमा आफूहरुले न्याय पाउन नसकेको उनको दावी थियो। तर, परिवर्तित सन्दर्भमा पाकिस्तानमा हिन्दुहरुले पाउन थालेको महत्वका कारण केही आशा पलाएको उनको ठहर छ। 

‘पाकिस्तानमा मात्र १ हजारको हाराहारीमा मन्दिर छन्। यसमा ३ सय खुलेको छ। हाम्रो पहल सबै खुल्न पर्छ भन्ने हो,’ उनी भन्छन्। 

उनी अहिले पाकिस्तानमा अर्को अभियानमा पनि जुटेका छन्। जसरी नेपालमा मुसलीम धर्मावलम्बीहरुलाई मक्का–मदिनाको तीर्थ यात्राका लागि सरकारले बजेट छुट्याउने गरेको थियो, त्यसरी नै पाकिस्तान सरकारले पनि त्यहाँ रहेको गरिब हिन्दुहरुलाई चारधाम घुमाउने अभियान सुरु गरोस्। 

‘हामी यसका लागि ४ वर्षदेखि प्रयासरत छौं। तर, सरकारबाट कुनै निर्णय भएको छैन्’, उनले भने। उनी एकतामा ठूलो बल हुने बताउँछन् र विश्वभरी छरिएर रहेका हिन्दुहरुले आफ्नो धर्मको विषयमा वकालत गर्न सुझाव दिन्छन्। यसले पाकिस्तानमा रहेका हिन्दुहरुमा आत्मबल आउने उनको ठम्याई छ।  

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: सिटौला
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की मंगलबार, माघ २०, २०८२
संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: सिटौला मंगलबार, माघ २०, २०८२
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन मंगलबार, माघ २०, २०८२
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण मंगलबार, माघ २०, २०८२
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्