बैतडी- बैतडीमा शनिबार एक नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन्।
सुर्नया गाउँपालिका-७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।
लोकेन्द्रले बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर बाजे र बज्यैको हत्या गरेको उनले बताए।
लोकेन्द्रको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।