• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसले प्रेमका लागि छोडिन् संसारकै सबैभन्दा लामो अनसन

64x64
नेपाल लाइभ शनिबार, मंसिर २९, २०७५  २१:३१
1140x725

विश्वभरका पत्रकार आँखामा आशा भरेर हेरिरहेका थिए। इरोम शर्मिलाले आफ्नो हत्केलाको मह नियालिन्। वेदनामा उनले अनुहार बिगारिन्। रोइन्। एक नजर आकाशतर्फ हेरिन् र औंलाले अलकति मह मुखमा पुर्‍याइन्। 

यसरी संसारको सबैभन्दा लामो अनसन तोडियो। भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फालमा अगस्ट २०१६ को एक धुम्मिएको बिहान शर्मिलाले अनसन अन्त्य गरेकी थिइन्। १६ वर्षमा पहिलो पटक उनको हातमुख जोरिएको थियो। 

एक सहिदको जीवन फर्केको थियो। 

कालो, छरपस्ट कपाल भएकी शर्मिलाले ४ नोभेम्बर २००० मा अन्तिम पटक आफूखुसी खाना खाएकी थिइन्। त्यो दिन दिउँसो पोखरी नजिकै बरको रुख र बाँसको झ्याङबीचको घाँसे मैदानमा बसेर दुई प्याकेट पेस्ट्री खाएकी थिइन्। ‘त्यस दिन म अघाएकी थिएँ,’ उनी भन्छिन्। 

त्यसबेला उनी वरिपरिको वातावरण उम्लिरहेको थियो। म्यानमारसँग सीमा जोडिएको मणिपुरमा हिंसा व्याप्त थियो। जातीय र भारतविरोधी गतिविधि भइरहेका थिए। यो राज्यमा सेनालाई विशेषाधिकार दिने उपनिवेशकालीन कानुन (एएफएसपीए) प्रचलित छ। सेनाले मान्छे मारेपनि कानुन लाग्दैन। सजाय पाउँदैनन्। 

-000-

‘यो कानुनले भारतीय नागरिकहरूको नयाँ श्रेणी पैदा गर्‍यो। ती भनेका मार्न पाइने मान्छे हुन्, बलात्कार गर्न पाइने महिला हुन्,’ मानव अधिकारकर्मी तथा वकिल बब्लु लोइतङबाम भन्छन्। गएका ३३ वर्षमा कम्तीमा १ हजार ५ सय २८ जनाको गैरन्यायिक हत्या भएको ठोस प्रमाण हामीसँग छ। त्यो त देखिने संख्या मात्रै हो।’

यो कानुन अन्त्यका लागि शर्मिला ५ हजार ५ सय ७४ दिन अनसन बसिन्। उनलाई सरकारी अस्पतालमा कैद गरी नाकबाट पाइप घुसारेर जबर्जस्ती खाना खुवाइयो। अनसनका क्रममा एएफएसपीएविरोधी संघर्षको प्रतीक बनिन् उनी। उनलाई अनेक अन्तर्राष्ट्रिय पुरस्कार दिइयो। एमनेस्टी इन्टरनेसनलले उनलाई ‘प्रिजनर अफ कन्साइन्स’ (राज्यले नसहने विचार वा धर्म मान्ने कैदी) घोषित गर्‍यो। घरघरमा उनको पोस्टर टाँसियो। ‘हामीले ठान्यौँ, सोचेजस्तो भए मणिपुरबाट नोबेल पुरस्कार पाउने उनी पहिलो व्यक्ति हुनेछिन्,’ बब्लु भन्छन्।  

Ncell 2
Ncell 2

उनी अन्यायविरुद्ध लड्नुलाई आफ्नो कर्तव्य ठान्थिन्। प्रतिरोधको कुनै न कुनै तरिका फेला पारिहाल्थिन्।

तर अहिले ४६ पुगेकी शर्मिला आफ्नै गृहराज्यमा बहिष्कृत बनेकी छन्। आफूलाई देवीसरी पूज्नेहरुले नै अहिले ‘वेश्या’ भन्ने गरेको उनी बताउँछिन्। आफूलाई ‘तालिबानजस्तो व्यवहार गरेको’ उनको आरोप छ। 

‘उनले आफैंलाई ठुलो मजाक बनाइन्,’ बब्लु भन्छन्, ‘त्यसले उनको व्यक्तित्वमात्र ध्वस्त पारेन, हाम्रो आन्दोलन पनि स्वाहा बनायो। यसबाट तंग्रिन हामीलाई लामो समय लाग्यो।’

इम्फालमा त्यो दिन हत्केलाको मह चाटेर उनले सन्त जीवन त्याग्ने निर्णय गरिन्। आफ्ना पूजा-आराधनाबाट उनी वाक्क भइसकेकी थिइन्। उनलाई अनसनमा विश्वास लाग्न छोडिसकेको थियो। त्यसबाहेक, थुप्रै समर्थकको नजरमा सबैभन्दा खराब कुरा उनी प्रेममा परेकी थिइन्।
 
२ नोभेम्बर २००० का दिन पश्चिमी इम्फालको मलोममा सैनिक टुकडीलाई लक्ष्य गरेर एउटा घरेलु बम विस्फोट भयो। सेनाले दाबी गरेअनुसार बम पड्केपछि गोली हानाहान भयो। एक जना पनि सैनिक घाइते भएनन्। तर गोलीबारी रोकिँदा १० जना मणिपुरी सर्वसाधारण मारिइसकेका थिए। पछि एक न्यायाधीशले सेनामाथि गोली हानिएको कुनै प्रमाण नभएको फैसला गरे। 

त्यसबेला शर्मिला २८ वर्षकी थिइन्। उनी बब्लु लोइतङबामको मानव अधिकारवादी समूहमा काम गर्थिन्। भारतीय सैनिकले गरेका ज्यादतीका घटनाको दस्तावेजीकरण गर्न सघाउँथिन्। सामूहिक बलात्कारबाट बचेकाहरू र मारिएका सन्तानका अभिभावकको अन्तर्वार्ता लिन्थिन्। 

उनको परिवार अत्यन्त गरिब थियो। त्यसैले हाइस्कूलको पढाइ सक्न पनि उनलाई मुस्किल पर्‍यो। तर उनी अन्यायविरुद्ध लड्नुलाई आफ्नो कर्तव्य ठान्थिन्। प्रतिरोधको कुनै न कुनै तरिका फेला पारिहाल्थिन्। यस्तो भावनालाई उनी ‘ईश्वरको उपहार’ भन्छिन्। मलोम नरसंहारमा मारिएकाहरूको रक्तमुच्छेल तस्बिर भोलिपल्ट पत्रिकाका अग्रपृष्ठमा छापिएपछि उनले यसबारे थाहा पाइन्। 

‘ती तस्बिर देखिसकेपछि मैले फेरि अर्को नारा लगाउनुको, जुलुसको गर्नुको अर्थ देखिनँ,’ शर्मिला भन्छिन्, ‘मैले त्यसरी निर्णय गरें। गान्धीको स्वतन्त्रता संग्राममा झैँ मानिसहरु मेरो पछि लाग्छन् भन्ने सोचेँ। म मर्दिनँजस्तो लाग्यो।’

-000-

नोभेम्बर ५ मा शर्मिला नरसंहार भएको स्थान नजिकै अनसनमा बसिन्। एएफएसपीए खारेज नभइञ्जेल अनसन बस्ने घोषणा उनले बोकेको पोस्टरमा गरिएको थियो। तत्काल उनको वरिपरि एउटा सानो भीड जम्मा भयो। 

‘घाम अस्ताउनु अघिसम्म मान्छेहरू मसँगै बसिरहेका थिए,’ उनी सम्झिन्छिन्, ‘तर एकछिनपछि एकएक गर्दै उनीहरु मलाई छोडेर गए।’

आफ्नै एक चेली अनसनमा बसेको सुनेर बब्लु छक्क परे। ‘साँच्चै भन्नुपर्दा मैले उनलाई अनसन नबस्न सुझाव दिएको थिएँ,’ उनी सम्झिन्छन्, ‘यो निकै ठुलो मुद्दा हो, तिमीले पार लाउन सक्दैनौँ। एएफएसपीए हटाउनु निकै ठूला कुरा थियो। बरु कुनै रणनीतिक उपाय खोजौँ भनेको थिएँ। तर उनी मानिनन्। मलाई मेरी आमाको आशीर्वाद छ भनेर उनी अनसनमा हाम फालिन्।’

अनसन बस्ने स्थानमा उनको मुटु डरले कामिरहेको थियो। अनसनको पहिलो दिन सम्झिँदै उनी भन्छिन्, ‘सडक नाटक वा सर्कसजस्तो देखिन्थ्यो। हजारौं मान्छे सडकमा भेला भएर गफ गरिरहेका थिए। हाँसिरहेका थिए। सरकारको खेदो खनिरहेका थिए।’

‘मलाई लाग्यो, मानिसहरु चाँडै जाग्नेछन्,’ उनी भन्छिन्, ‘त्यतिञ्जेल भोक खप्छु भन्ने सोचेँ।’ अनसनमा बसेको ६ दिनपछि १० नोभेम्बर २००० मा उनलाई जबर्जस्ती खाना खुवाइयो। तत्कालै उनलाई आत्महत्या प्रयास गरेको आरोपमा पक्राउ समेत गरियो। 

सुरुमा नलीबाट खाना खुवाउन खोज्दा उनले विरोध गरिन्। ‘तर विरोध व्यर्थ थियो। मेरो अवस्था पखेटा भाँचिएको चराजस्तो थियो,’ उनी भन्छिन्। 

जेलको नियमअनुसार मुखबाट नली राखेर खाना खुवाउनुपर्छ। तर उनले डाक्टरहरूलाई नाकमा नली राख्न राजी गराइन्। नाकबाट नली राख्ने हो भने आफ्नो वाचा नतोडिने उनको विश्वास थियो। 

त्यसपछिका १६ वर्ष उनलाई त्यही नलीबाट खाना र पानी दिएर जिउँदो राखियो। नाकदेखि पेटसम्म तीन फिट लामो नलीबाट पोषक तत्वको झोल पठाइन्थ्यो। 

बैंगलोरमा शर्मिला र उनका पति डेस्मन्ड कउन्टिन्हो। तस्बिरः रेबेक्का कोन्वे, अब्जर्भर


बब्लुको भनाइमा पहिले त यो घटना सुन्दा मणिपुरका बासिन्दा चकित परे। ‘साँच्चै भन्दा सुरुमा यो मजाकजस्तो थियो,’ उनी सम्झिन्छन्, ‘मान्छे सोधिरहेका थिए, कहीँ न कहीँकी यो केटी कसरी सरकारी कानुनविरुद्ध अनसन बस्न सक्छे? उनलाई स्थापित गराउन म, मेरो संस्था र उनको परिवारले ठुलो मेहनत गर्नुपर्‍यो।’

आत्महत्या प्रयासको सजाय भारतमा एक वर्ष छ। पक्राउ गरेपछि सरकारले शर्मिलालाई एक वर्षमात्रै कैद गर्न सक्थ्यो। त्यसपछि रिहा गर्नै पर्थ्यो। उनी रिहा भइन्। तर शर्मिलाले तत्काल अनसन सुरु गरिहालिन्। उनलाई फेरि पक्राउ गरियो र इम्फालस्थित जवाहरलाल नेहरु अस्पतालको एकान्त कोठामा फर्काइयो। 

अस्पताल बाहिर मणिपुर उसैगरी उम्लिरहेको थियो। १० जुलाई २००४ मा थाङजाम मनोरमा नामक एक युवतीलाई सैनिकहरूले आफ्नै घरबाट घिसार्दै बाहिर निकाले। ‘आमा मलाई बचाऊ! आमा मलाई बचाऊ!’ भन्दै उनी चिच्याइरहिन्। 

पछि एउटा न्यायिक जाँच आयोग गठन गरियो। त्यसले मनोरमालाई यातना दिइएको पत्ता लगायो। प्रहरी चौकीनजिकै उनको शव गाडिएको अवस्थामा फेला पर्‍यो। जसमा १६ वटा गोली लागेको थियो। कसैलाई पनि यो हत्याको आरोप लगाइएन। किनभने एएफएसपीए लागू थियो। 

-000-

यो हत्यापछि आक्रोश बढ्यो। जसकारण मणिपुर महिनौँ दिन बन्द भयो र शर्मिला नायकका रुपमा स्थापित भइन्। ‘चार-चार वर्षसम्म उनले निरन्तर अनसन बसेको तथ्यले मानिसहरूको हृदय हल्लाएको थियो,’ बब्लु भन्छन्, ‘२००४ पछि उनी नेता बनिन्। राम्रो-नराम्रो जे भए पनि मणिपुर प्रतिरोधको उनी प्रतीक बनिन्।’

शर्मिला अस्पतालमा कडा पहरामा थिइन्। उनले अनन्त समय एक्लै गुजारिन्। कविता लेखिन्। मध्यरातमा करिडोरमा खुट्टा तान्न हिँडिन्। घण्टौंघण्टा योगासनमा बसिन्। 

मुख सुख्खा हुने समस्याले उनलाई पागल बनाउँथ्यो। मुखमा र्‍याल कायम राख्न उनी पानीमा कपास भिजाएर चपाउँथिन्। 

‘म जीवनलाई साँच्चै माया गर्थें,’ उनी भन्छिन्, ‘त्यही मायाले गर्दा मात्रै त्यत्तिका वर्ष सहन सकें।’

शर्मिला त्यो दिन पर्खिरहेकी थिइन्, जुन दिन मणिपुरबासी उनीबाट प्रेरणा लिएर संगठित हुनेछन्। र सरकारलाई सैनिक कानुन अन्त्य गर्न बाध्य पार्नेछन्। त्यसपछि मात्रै उनी सामान्य जीवन बाँच्न सक्ने थिइन्।

‘नाकबाट खाना खानु, दिन-रात पर्खिरहनु, अर्थहीन प्रसिद्धि पाउनु। यो जीवन होइन भन्ने मलाई थाहा थियो,’ उनी भन्छिन्।

उनको प्रसिद्धि र प्रभाव जतिजति बढ्दै गयो, शर्मिलालाई लक्ष्य झन्झन टाढा हुँदै गएको महसुस भयो। ‘मान्छेहरु त्यत्तिकै मेरो प्रशंसा गर्न थाले। तर उनीहरुबाट म के चाहन्छु भन्ने चाहिँ कहिल्यै सुनेनन्,’ उनी भन्छिन्, ‘त्यो कठिन र लामो जिम्मेवारी तथा वाचा ममा मात्रै बाँकी रह्यो। यो त सामूहिक लक्ष्य बन्नुपर्ने थियो।’

‘मेरो देवत्वकरण भएको थियो। तर म एक्ली थिएँ। म आवाजहीन र भावनाहीन रुपमा बाँचिरहेकी थिए,’ उनी भन्छिन्।

प्रतिष्ठा अग्लिएका बेला शर्मिलालाई नोबेल विजेता र कूटनीतिज्ञ खोज्दै आउँथे। उनलाई मणिपुरको आइरन लेडी पनि भनियो। उनको अवस्था भने पीडादायी थियो।

-000-

सन् २००७ को सुरुमा भारतीय मूलका बेलायती नागरिक डेसमन्ड कउटिन्हो भारत आइपुगे। भर्खरै उनकी आमा क्यान्सरबाट बितेकी थिइन्। त्यसैले पश्चिमी लन्डनमा बस्ने कउटिन्हो आफ्नै जीवनमाथि प्रश्न गरिरहेका थिए। ‘म जुन काम पनि आधाअधुरो गर्न मात्रै जान्दथें। त्यसैले म केही बनिनँ,’ उनी भन्छन्।

उनका एक साथीले सुझाए, ‘तिमी भारत जाऊ र आफ्नो आत्माको खोजी गर।’ त्यसैले अहिले ५५ वर्ष पुगेका उनी अन्य पश्चिमाको पाइला पछ्याउँदै भारत आए।

उनी दक्षिण भारतको बैंगलोर सहरमा बस्न थालें। त्यहीँ एक बिहान उनले मणिपुरमा भइरहेको अनसनको समाचार पत्रिकामा पढे।‘सानी केटी ओच्छ्यानमा बसिरहेको तस्बिर म अझै सम्झन्छु,’ कउटिन्हो भन्छन्, ‘आमा बितेको याद आयो।’

‘उनको कथा भयानक थियो। आफूलाई किताब पढ्न मन लाग्ने तर सँधै नपाउने बताएकी थिइन्,’ उनले सुनाए।

शर्मिला त्यो दिन पर्खिरहेकी थिइन्, जुन दिन मणिपुरबासी उनीबाट प्रेरणा लिएर संगठित हुनेछन्। र सरकारलाई सैनिक कानुन अन्त्य गर्न बाध्य पार्नेछन्। 

त्ससपछि कउटिन्हो उनलाई चिठी र पुस्तक पठाउन थाले। तीन महिनापछि शर्मिलाले उत्तर पठाइन्। ‘पत्रमा रिस पोखिएको थियो,’ उनी सम्झिन्छन्। किनभने शर्मिला जिस्किन होइन, बेलायती साम्राज्यको अपराधबारे सोध्न इच्छुक थिइन्। ‘मेरो प्रशंसा गर्नु राम्रो हो, तर तपाईंले संसारभर भाडाका टट्टु चाहिँ किन पठाएको ?’

‘त्यसको उत्तरमा मैले भनेँ, मैले कुनै टट्टु कहीँ पनि पठाएको छैन,’ उनी सम्झिन्छन्।
 
अर्को महिनाभरि उनीहरूले एकअर्कालाई पत्र पठाइरहे। कउटिन्होले शर्मिलालाई पुस्तक पठाइरहे। शर्मिलाले 'पिजी वडहाउस' मन पराइन् भने उत्तर-आधुनिकतावादी अर्थतन्त्रबारे लेखिएको एउटा पुस्तक मन पराइनन्। उनको सबैभन्दा मनपर्ने पुस्तक चाहिँ इन्ग्रिड बेटानकोर्टको जीवनी थियो। यी कोलम्बियाली मूलकी फ्रान्सेली एक्टिभिस्टलाई गुरिल्लाहरूले ६ वर्षसम्म कैद गरेका थिए। 

-000-

कउटिन्हो शर्मिलालाई मन पराउन थालिसकेका थिए। तर समस्या थियो। आफूले कहिल्यै नभेटेको महिलालाई संकेत कसरी दिने? त्यसमाथि ती महिला त संसारकै लामो भोक हड्तालमा बसिरहेकी थिइन्। उनीसँग सम्बन्ध सुरुवात गर्न चाहन्छु भनेर कसरी भन्ने?

अन्ततः पहिलो चाल शर्मिलाले नै चालिन्। ‘उनले साह्रै मिठो चिठी लेखिन्। ‘यदि मैले तपाईंलाई गलत बुझेँ भने माफ गर्नुहोला। म गलत रहेछु भने पनि चित्त नदुखाउनुहोला भनेर लेखिन्,’ कउटिन्हो भन्छन्। त्यसपछि उनले एउटा ठूलो भ्यालेन्टाइन कार्ड शर्मिलालाई पठाए। 

शर्मिलाले आफू स्वतन्त्र नरहेको अवगत कउटिन्होलाई गराइन्। अस्पतालको वार्डमा एकान्त कैदमा रहेकीसँग सम्बन्धको वाचा लिन चाहनुहुन्छ? उनले सोधिन्। 

मह चाटेर १६ वर्ष लामो अनसन अन्त्य गर्दै शर्मिला। तस्बिरः एसटिआर/इपिए


त्यसो भए आइन्दा म पनि स्वतन्त्र रहन्नँ। तिमीलाई बाहेक कसैलाई पत्र लेख्दिनँ भनेर मैले उत्तर दिएँ,’ कउटिन्हो भन्छन्। 

‘जब कउटिन्हो शर्मिलाको जीवनमा प्रवेश गरे, तब मेरो लागि समस्या सुरु भयो,’ बब्लु भन्छन्, ‘मणिपुरको समाज परम्परागत छ। यहाँ जोडी जुराउने आफ्नै तरिका छ।’

सन् २०११ मा कउटिन्हो मणिपुर आए। उनको आगमनले एएफएसपीए विरोधी आन्दोलनमै हलचल ल्याइदियो। शर्मिलालाई एउटा आमा समूहले घेरामा राख्यो। सो समूहले कउटिन्हो र शर्मिलाको सम्बन्धको विरोध गर्‍यो। शर्मिलाकै परिवारका सदस्यले पनि यसको विरोध गरे। 

आफ्नै वरिपरिका मान्छेहरूको प्रतिक्रिया देखेर शर्मिला पछुतो मान्न थालिन्। ‘म आमरण अनसनमा बसे पनि पारिवारिक जीवनका लागि लालायित थिएँ। जीवनसाथीसँग जीवन गुजार्न चाहन्थें। मेरो आत्मा यी कुराका लागि तड्पिरहेको थियो,’ शर्मिला भन्छिन्। 

उनको जीवनको चक्र उसैगरी चलिरहेको थियो। वर्षैपिच्छे मुक्त हुन्थिन्। अनसनमा बस्थिन् र फेरि पक्राउ पर्थिन्। तर उनको संदेह लगातार बढिरहेको थियो। उनी मार्गदर्शन खोजिरहेकी थिइन्। ‘म सँधै ईश्वरसँग प्रश्न गरिरहन्थें, यत्रो परीक्षा लिएर पनि तिमीलाई अझै पुगेन?’ उनी भन्छिन्। 

जुलाई २०१६ मा उनले अचानक अनसन अन्त्य गर्ने घोषणा गरिन्। उनका समर्थक र पूरै देश यसबाट चकित पर्‍यो। ‘१६ वर्षपछि पनि मान्छेको सोचमा केही परिवर्तन भएको थिएन,’ उनी भन्छिन्, ‘म वास्तवमै आफू, त्यो वातावरण र रणनीति बदल्न चाहन्थें। म हरेक कुरा परिवर्तन गर्न चाहन्थें।’

शर्मिलाले कउटिन्होसँग विवाह गर्ने घोषणा गरिन्। उनले मणिपुर संसदमा चुनाव लडेर संघर्ष जारी राख्ने पनि बताइन्। 

बब्लुलाई यो साह्रै निकम्मा योजना लाग्यो। भारतमा प्रजातन्त्रलाई फोहोर तुल्याउन सकिन्छ। धेरैजसो नागरिक अझै पनि जाति वा धर्मको आधारमा मत दिन्छन्। खासगरी पैसा वा उपहारको बलमा मत किन्न सकिन्छ। सन्तका लागि भारत राजनीति गर्ने ठाउँ होइन। 

‘मैले उनलाई भनें, शर्मिला, तिमी युरेनियमजस्ती छौ। तिमीसँग विशाल आत्मिक शक्ति छ,’ बब्लु भन्छन्, ‘तर युरेनियमलाई आणविक उर्जामा बदल्न जस्तो प्रविधि चाहिन्छ, तिम्रो शक्तिलाई प्रकट गर्न पनि ठुलो पूर्वाधार चाहिन्छ। त्यो बिना आफ्नो आत्मिक उर्जालाई राजनीतिक शक्तिमा बदल्न तिमी सक्दिनौं। तर उनले मेरो कुरा सुनिनन्।’

-000-

उनको यो निर्णयबाट वरिपरि रहेका आमाहरूको समूह क्रुद्ध बन्यो। ‘उनीहरूको नजरमा म पहिले नै बलि चढिसकेकी थिएँ,’ शर्मिला भन्छिन्, ‘मलाई बिहे गर्न, लोग्ने पाउन र अनसन छोड्न लागेको आरोप लगाए, वेश्या भने।’

मणिपुरको एउटा लडाकु समूहले शर्मिलालाई चेतावनी दिँदै विज्ञप्ति निकाल्यो। क्रान्तिको बाटो छोडेपछि ‘केही पूर्व क्रान्तिकारी नेताहरूको हत्या भएको’ स्मरण गराइएको थियो। 

शर्मिलाले अनसन तोडिन्। तर उनलाई कसैले पनि आफ्नो घरमा निम्त्याएन। मुक्त भएको एक हप्तासम्म उनी त्यही अस्पतालको वार्डमा बसिरहिन्, जहाँ डेढ दशकभन्दा लामो समय उनी कैद भएकी थिइन्। 

सन् २०१७ को मार्च महिनामा चुनाव भयो। शर्मिला राज्यकै सबैभन्दा ठूला नेता विरुद्ध लडेकी थिइन्। उनले जम्माजम्मी ९० मत पाइन्। मतपरिणाम घोषणा भएको दुई दिनपछि उनी हवाइजहाज चढेर मणिपुरबाट बाहिरिइन्।

अहिले शर्मिला बेंगलोर सहरको बाहिरपट्टि रहेको एक अपार्टमेन्टमा बस्छिन्। उनी र कउटिन्होले भर्खरै विवाहको पहिलो वर्षगाँठ मनाए। उनीहरू ताज महल गए। त्यहाँको एउटा तस्बिर घरको भित्तामा झुन्ड्याइएको छ। नजिकै दराजमा शर्मिलाले पाएका अवार्डहरु र व्रतमा बसेको बुद्धको दुर्लभ मूर्ति छ। 

फेरि खानाको स्वाद पाउनु आनन्दको कुरा भएको उनी बताउँछिन्। अनसन तोडेपछि हरेक चीज स्वादिष्ट लाग्न थालेको छ उनलाई। ‘महको पहिलो थोपो साह्रै तीतो थियो, साह्रै पोल्यो,’ उनी सम्झिन्छिन्, ‘त्यसको स्वाद मेरो पूरै शरीरमा फैलियो।’

केही घन्टापछि उनले क्यामरा फ्ल्यासका बीच अलिकति नरिवल पानी पिउने प्रयास गरिन्। तुरुन्तै वान्ता भयो। खाएको खाना पेटमा अडिन महिनौं लाग्यो। 

-000-

त्यसपछि उनी मणिपुर फर्केकी छैनन्। उनलाई त्यहाँ स्वागत गरिन्छ वा गरिँदैन, निश्चित छैनन्। मैले सोधें- 'के तपाईंको मन शान्त छ? ‘मलाई त्यस्तै लाग्छ,’ उनले उत्तर दिइन्, ‘अब कुनै प्रतिबन्ध छैन, अरुको नियन्त्रणमा म छैन। स्वतन्त्रताको यो अनुभूति नै मेरो लागि सबैभन्दा उपल्लो बिन्दु हो।’

‘अरु त हामी के गर्न सक्थ्यौं र?’ बब्लु उदास हुँदै भन्छन्, ‘हामीले गर्न सक्ने एउटै काम भनेको उनको छवि जतिसक्दो उच्च बनाएर एएफएसपीए खारेज गर्न जोड गर्नु थियो।’

‘हामीले उनको ज्यादा प्रशंसा गर्‍यौं। त्यो चाँहि हाम्रो गल्ती भयो,’ उनी निष्कर्ष दिन्छन्, ‘शर्मिला भगवान् बन्न चाहन्नथिन्। उनी मान्छे बन्न चाहन्थिन्।’

-द गार्जियनबाट अनुदित

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध बिहीबार, असोज ३०, २०८२
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्