धनगढी- कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ।
धनगढीस्थित पुरानो सडकमा से ६ प ५७८४ नं को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार धनगढी उपमहानरपालिका–५ शिवनगरकी ४४ वर्षीया रुमला ऐडी मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।
छोरा मुकेशले चलाएको सो मोटरसाइकलको पाङ्ग्रामा रुमलाको सल बेरिएपछि दुर्घटना भएको हो।
यस्तै गोदावरी नगरपालिका मगरटोलमा से१त ९६२९ नं को ट्रयाक्टरको ठक्करबाट स्थानीयवासी आठ वर्षीय जोगी साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।