विराटनगर– मोरङको विराटनगरका एक व्यक्तिले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन्।
विराटनगर महानगरपालिका १७ धुनियाँ बस्तीका २२ वर्षीय चुनु मण्डलको छुरा प्रहारबाट ५० वर्षीय शशि मण्डलको मृत्यु भएको हो। घरायसी विवादका क्रममा उनले बावुमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बिहीबार राति शशि मण्डल, उनकी जेठी श्रीमतीका छोरा २५ वर्षका आकाश मिया मण्डल र कान्छी श्रीमतीका छोरा चुनुबीच विवाद भएको थियो।
छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारकै क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
छुरा प्रहारबाट आकाश मण्डल पनि घाइते भएका छन्। उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ। चुनुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।