विराटनगर– मानव बेचबिखन आरोपमा प्रहरीले मोरङ्गको विराटनगरबाट बिहीबार एक जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका १५ स्थित जोगवनीढाटबाट महोत्तरीको बर्दिवास नगरपालिका ६ का १९ वर्षिय ओमप्रसाद सुवेदी पक्राउ परेका हुन्।
ताप्लेजुङको तेल्लोक घर भएकी १९ वर्षीया किशोरीलाई भारतको जोगवनीतर्फ लाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सुवेदीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ भने किशोरीलाई ‘सानो हात नेपाल’ नामक संस्थाको संरक्षणमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।