बलिउड अभिनेत्री जरिन खानको गाडीले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। घटना गोआको मापुसा क्षेत्रमा गए राति भएको प्रहरीले जनाएको छ।
गोवामा बिदा मनाउन आएकी जरिन साँझको समयमा कारमा घुम्न निस्किएकी थिइन्। यसै बेला एक मोटरसाइकलमा उनको कार ठोक्कियो र मोटरसाइकल चालक ३० वर्षीय नितेश गोरलको मृत्यु भयो।
जरिनले चलाएको कारको गति तीब्र रहेको थियो भने मृतक नितेशले हेलमेट लगाएका थिएनन्।
दुर्घटना हुँदा जरिनलाई चोट लागेको छ। उनको उपचार पणजी स्थिति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल जरिनको अवस्था खतरामुक्त रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। –एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।